logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

माक्र्स लेनिनको फोटो फालेर कसरी नेकपा भैयो : डा बाबुराम भट्टराई


  • राजनीति
  • शुक्रबार, माघ १७ २०७६

पुर्व प्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुरानो एमालेको नयाँ रुप भएको तर्क गरेकाछन ।

राजधानी काठमाडौँको राष्ट्रिय सभागृहमा बुधबार देखी जारीरहेको सत्तारुढ दल नेकपाको केन्द्रीय समितिको बैठक तिर संकेत गर्दै भट्टराईले टिप्पणी गरेकाहुन । नेकपाको प्रतिवेदनलाई लिएर डा.भट्टराईले यस्तो प्रतिक्रिया सार्वजनिक गरेकाहुन ।

भट्टराईले राजनीतिक प्रतिवेदन लेख्ने काम पूर्व माओवादी केन्द्रका अध्यक्ष समेत रहेका नेकपा अध्यक्ष प्रचण्डले गरे पनि शब्द र अर्थ एमालेको भएको उनकाे दाबी छ । उनले पार्टीको ब्यानरबाट कम्युनिस्टका आदर्श माक्र्स र लेनिनको फोटो हटाइएकोबारे प्रश्न उठाएकाछन ।

वर्तमान सत्ताको बागडोर सम्हालेको दल नेकपाको चालु केन्द्रीय समिति वैठकमा प्रस्तुत राजनीतिक र संगठनात्मक प्रतिवेदन पढ्दा वर्तमान नेकपा पुरानै एमालेको नयाँ अवतार भएको बुझ्न गाह्रो हुँदैन’, सामाजिक सञ्जाल ट्विटरमा अध्यक्ष भट्टराईले ट्विटगर्दै भनेका छन्, ‘एउटै फरक (राजनीतिक प्रतिवेदनमा) कलम प्रचण्डको, शब्द र अर्थ एमालेको । मार्क्स–लेनिनको फोटो फालेसी नेकपा नाम किन नबदलेको भन्ने आसय व्यक्त गरेकाछन ।

नेकपा भित्रै दुइ अध्यक्षको फोटो राखिएको बिषयलाइ लिएर पार्टीभित्रै विवाद चलिरहेका बेला प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा प्रवक्ता विश्वप्रकाश शर्माले पनि नेकपाले मनमोहन अधिकारीको फोटो हटाएर राम्राे नगरेकाे प्रतिक्रिया दिएका छन्।

प्रवक्ता शर्माले भने लेनिन र लेनिनको तस्बिर हटाइनु सकारात्मक भएको बताएका छन्। मनमोहनलाई प्रथम कम्युनिस्ट प्रधानमन्त्री र सालिन राजनीतिज्ञ भन्दै शर्माले पुष्पलाल र मदन भण्डारीका बीचमा उनको तस्बिर हुँदा तर्कपूर्ण देखिने उनको भनाइ छ।


Bishwa Prakash शर्मा@bishwaprakash77

स्मृतिमा मनमोहन अधिकारी l प्रथम कम्युनिस्ट प्रधानमन्त्री,एक सालिन राजनितिज्ञ !

नेकपाको ब्यानरबाट लेनिन,स्टालिनको तस्वीर हटाइनु सकारात्मक तर मनमोहनको तस्वीर नहटाइनु पर्थ्यो l पुस्पलाल र मदन भण्डारीको बीचमा जो तर्कपुर्ण देखिन्थ्यो l

इतिहासको सम्मान केवल पार्टिगत मामिला होइन !

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार