logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

ब्रेकिङ्ग : काठमाडौमा ठुलो भुकम्प, बिवरण आउन बाँकी


  • राजनीति
  • मंगलबार, बैशाख १४ २०७८

भर्खरै काठमाडौमा ठुलो भुकम्पको धक्का महसुस गरिएको छ । अहिले मध्यराती २ बजे भूकम्प गएको हो । मध्यरातमा ठुलो धक्का महसुस गरेपछी मानिसहरुमा बेचैनी पैदा भएको छ । काठमाडौं उपत्यका र आसपासका जिल्लामा समेत महशुस गरिएको जनाइएको छ ।

यो समाचार तयार पार्दा भूकम्पबारे जानकारी दिने वेबसाइट ईएमएससीमा यो बारे कुनै सुचना भने राखिसकिएको छैन । गएको भूकम्पको केन्द्रविन्दु कहाँ र कति रेक्टर स्केलको भन्ने जानकारी आइसकेको छैन । भूकम्प मापन केन्द्रले आधिकारिक तथ्यांक दिन बाँकी रहेको छ ।

यसअघि, भदौ २६ गते बिहान साढे ९ बजे झापाको बाहुनाँगीस्थित नेपाल–भारत सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो ।

२०७२ वैशाख १२ र २९ गतेको भूकम्पको ७ वर्ष बितिसक्दा पनि भुकम्पको पराकम्पन जाने क्रम रोकिएको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार