logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

शान्ति प्रक्रियाका बाकि काम पूरा गर्न सेना सकरात्म क छ : नेपाली सेना


  • पत्रपत्रिका
  • बुधबार, भाद्र २५ २०७६

नेपाली सेनाले शान्ति प्रक्रिया का बाकी काममा नेपाली सेनाले सहयाेग गर्ने बताएको छ। नेपाली सेनाले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न आफू बाधक नहुने स्पष्ट पारेको छ । दसवर्षे सशस्त्र द्वन्द्वकालमा राज्य र तत्काली विद्रोही पक्षबाट भएका मानवअधिकार उल्लंघनसम्बन्धी घटना छानबिन गर्ने सत्य निरुपण तथा मेलमिलाप आयोगमा पदाधिकारी नियुक्तमा ढिलाइ भइरहेका बेला सेनाले संक्रमणकालका बाँकी विषय टुंगो लगाउन सहयोग गर्ने प्रतिबद्धता जनाएको हो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले मंगलबार सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा भने,‘संवैधानिक सरकारको वैधानिक आदेशमा परिचालित राष्ट्रिय सेनाको हौसलामा ठेस पनि लाग्नु हुँदैन, यसको दूरगामी प्रभावलाई हामी सबैले गम्भीरताका साथ मनन गर्नुपर्छ ।’

उनले मुलुक राजनीतिक स्थिरतासँगै संक्रमणकालबाट पार हुने क्रममा रहेको उल्लेख गर्दै मुलुकको समृद्धिका लागि आन्तरिक सुरक्षा पनि उत्तीकै मजबुत हुन जरुरी रहेको बताए । यो समाचार कान्तिपुर दैनिकमा मातृका दाहालले लेखेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार