logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

प्रतिबन्धका बाबजुत क्रान्तिकारीका सम्मेलन बाके अध्यक्षमा शाही र नवलपुरमा बुढा निर्बाचित


  • राजनीति
  • बिहिबार, पुष १० २०७६

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अखिल (क्रान्तिकारी) बाँकेको २५ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । संगठनको नेतृत्वमा डि.बि शाही चयन भएका छन् ।

शैक्षिक माफिया, दलाल र लुटतन्त्रको विरुद्ध सशक्त विद्यार्थी आन्दोलन ! सुदृढ संगठन र बैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागी २५ औ जिल्ला सम्मेलन !! भन्ने मुल नाराका साथ सम्पन्न सम्मेलनले शाहीको नेतृत्वमा १७ सदस्य जिल्ला समिती चयन गरेको छ ।

सरकारले विप्लव नेकपामाथी प्रतिबन्ध लगाएपनि उसले आफ्ना राजनीति गतिविधि तिव्र बनाएकाे छ । यहि क्रममा अखिल (क्रान्तिकारी) बाकेकाे २५ औं जिल्ला सम्पन्न भएको हो ।

सम्मेलनवाट निर्बाचित अन्य पदाधिकारी र सदस्यहरुको नाम भने योप्य राखिएको छ । आवस्यकता अनुसार थपघट गर्न सकिनेछ ।
यस्तै क्रान्तिकारी नवलपुरमा पनि समम्मेलन सम्पन्न गरेको छ ।


अखिल क्रान्तिकारी नवलपुरको १७ औ जिल्ला सम्मेलन बाट अध्यक्ष मा रूपा बुढामगर निर्वाचित भएकि छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार