राजनीति
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकटअनेरास्ववियु(क्रान्तिकारी)ले आफ्नो संगठनमाथि अघोषितरुपमा प्रतिबन्ध लगाएर गरिने स्वतन्त्र विद्यार्थी यूनियनको चुनावको कुनै औचित्य नभएको बताएको छ ।
अखिल क्रान्तिकारी कैलाली ले एक प्रेश विज्ञप्ति जारी गर्दै स्ववियु का लागि उपयुक्त वातावरण नबनेकाे भन्दै स्ववियु काे औचित्य नभएको दावि गरेकाे छ। क्रान्तिकारी कैलाली अध्यक्ष सुवास जाेसिद्वारा हस्ताक्षरित विज्ञप्तिमा स्ववियु निवार्चनमा भाग लिने वातावरण बनाउन सम्वन्धित पक्षलाई अपिल गरेका छन् ।
यस्तै हिजै त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्तोलालाई मागपत्र बुझाउदै अखिल क्रान्तिकारी काठमाडौं ले आफ्नो संगठनका नेता–कार्यकर्तामाथि लगाइएका झुटा मुद्धा खारेज गरी रिहाई गर्नुपर्ने र शान्तिपूर्ण गतिविधि हस्तक्षेप बन्द गरिनुपर्ने माग राखेको छ ।
उपत्यका क्षेत्रीय समन्वय समिति अन्तर्गत त्रिवि जिल्ला समितिका अध्यक्ष मदन चापागाईँको नेतृत्वमा गएको टोलीले मंगलबार दुईबुँदे मागपत्र बुझाएको छ ।
आफ्नो संगठनमाथि प्रतिबन्ध लगाएर गरिने स्ववियु चुनाव बहिस्कार गर्न बाध्य हुने अखिल क्रान्तिकारीले चेतावनी समेत दिएको छ ।
अखिल क्रान्तिकारीको मागपत्र बुझ्दै उपकुलपति बास्तोलाले चुनावमा भाग लिने वातावरण बनाउन आफूले पहल गर्ने बताएका छन्। उनले अखिल क्रान्तिकारी चुनावमा आए शान्तिपूर्ण गतिविधिमाथि हस्तक्षेप र नेता, कार्यकर्ताको गिरफ्तारी नगर्नेबारे सरकारसँग पहल गर्ने प्रतिबद्धता जाहेर समेत गरेका थिए । त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते स्ववियु चुनावको घोषणा गरेको छ ।
हेर्नुस् विज्ञप्ति 