राजनीति
प्र’तिबन्धित वि’प्ल’व नेतृत्वको नेकपा निकट अखिल (क्रा’न्तिकारी) कैलाली ले बिश्वभर महामारीको रुपमा फैलिइरहेकाे काेराेना भाइरसलाई मध्यनजर गर्दै सरकारले उठाएकाे कदम र आम नागरिकले पालना गर्नुपर्ने कर्तव्य प्रति सजक रहन अपउल गरेकाे छ ।
क्रा’न्तिकारी का कैलाली अध्यक्ष सुवास जाेसीले एक प्रेस विज्ञप्ति जारी गर्दै काेराेनाकाे अबधि भर बन्द भएका स्कुल कलेजकाेे शुल्क मिनाह गर्न पनि माग गरेका छन् । बिधार्थीलाई सार्वजनिक यातायात मा ४५% सहुलियत दिन र निर्वाद घर र गन्तव्यसम्म पुग्ने वातावरण बनाउन माग गरेकाे छ ।
क्रा’न्तिकारी काे विज्ञप्ति भनिएको छ, ‘बिश्वमा यतिबेला महामारीको रूपमा फैलिएको कोरोना भाइरस( Covid-19) को संक्रमणले मानवजिवनलाई भयभित पारेर संत्रास बढाईरहेको अवस्था आमजनसमुदायमा सर्वबितितै छ । उत्तरी छिमेकी रास्ट्र चिनको बुहान सहरबाट फैलिएको भनिएको कोरोना भाइरस ( Covid-19) का कारण बिश्वका करिब १७० भन्दा बढी देशका लाखौं नागरिक प्रभाबित भय संगै झन्डै ८००० भन्दा बढिले ज्यान गुमाईसकेको अवस्था छ।’
यस्तै विज्ञप्तिमा लेखिएको छ, ‘बिस्वमा फैलिएको कोरोना भाईरस ( Covid-19) को संक्रमण बाट हाम्रो देश पनि उच्च जोखिममा रहेकोले उक्त जोखिम बाट वचन र बचाउन हामी सम्पुर्ण नेपाली नागरिक सचेत र सजग रहनुपर्न्र अवस्था छ भने राज्य ले यसको नियन्त्रण तथा रोकथामका लागि गम्भीर पहल गर्न पर्ने र कोरोना भाइरस को संक्रमण बढदै गइरहेको बेला आम विद्यार्थी र जनसमुदायमा पर्न गएको असर प्रती हाम्रो संगठन को गम्भीर ध्यानाकर्षण भएको छ । यसको रोकथामको पुर्व तयारी मा जुट्न सरोकारवाला निकायलाई अनुरोध गर्नुका साथै तपसिल का बिषयमा राज्य पुर्ण उत्तरदायी बन्न हाम्रो संगठन हार्दिक अपिल गर्दछ’।
क्रा’न्तिकारी ले ८ बुदे माग पनि गरेकाे छ ।
१. चैत्र महिनामा स्कुल , कलेज संचालन नहुने भएकोले उक्त महिनाको लिइने शुल्क मिनाहा गर ।
२. विद्यार्थी लाई गन्तव्य वा आ-आफ्नो घरमा जादा लाग्ने यातायात भाडादरमा छुट को ब्यबस्था गर ।
३. मास्क, अल्कोहल हेन्ड सेनेटाइजर ( Alcohol Hand Sanitiser ) निसुल्क बितारण गर ।
४. बजारमा देखिएको किर्तिम अभाव लाई मध्यनजर गर्दै तत्काल अनुगमन गरि दोसि उपर का’र्वाही गर ।
५. बिदेश बाट आउने दाजुभाई तथा दिदिबहिनी लाई सिमानामा ब्यबस्थित स्वास्थ परिक्षण को ब्यबस्था गर
६. ब्यबस्थित आसोलेसन वार्ड को ब्यबस्था गर ।
७. स्वास्थ सम्बन्धि अध्यनरत तथा अध्ययन गरि बेरोजगार बसेका स्वास्थकर्मिलाई बिशेश तालीम र सुबिधा दिई स्वास्थ स्वयंसेवकका रूपमा परिचालन गर्ने ब्यबस्था गर ।
८. कोरोना संक्रमण को जोखिम बढीरहेको बेला विद्यार्थी माथि को दमन,ध’रपकड, गि’रफ्तारि तत्काल बन्द गरि हि’रासत र कारागार मा रहेका राजबन्दी लाई रिहाई गर ।
हेर्नुस् विज्ञप्ति
