logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि तत्काल फिर्ता नगरे निर्मम संघर्ष गर्न बाध्यहुने संयोजक राईको चेतावनी


  • राजनीति
  • बुधबार, साउन ३१ २०८०

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट  अखिल (क्रान्तिकारी) का संयोजक मिलन राईले पेट्रोलियम पदार्थमा गरिएकाे मूल्यबृद्धि तत्काल फिर्ता नगरे निर्मम संघर्ष गर्न बाध्यहुने बताएका छन् ।

नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेसँगै संयोजक राईले आज एक विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् । राईले नेपाल आयल निगमले मंगलबार रातिबाट लागू हुने गरी प्रतिलिटर पेट्रोलमा ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा समान १४ रुपैयाँले वृद्धि गरेको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको बताएका छन् ।

सरकारले स्वचालित मुल्य प्रणालीको नाममा पटकपटक मुल्यवृद्धि गरेर जनता ठगिरहेको भन्दै संयोजक राईले पेट्रोलियम पदार्थमा गरिएकाे मूल्यबृद्धिले चौतर्फी असर पारिरहेकाे बताएका छन् ।

“पेट्रोल, डिजेल, मट्टीतेलमा गरिएको चर्काे कर/मूल्यबृद्धी घटाएर जनताकाे जनजीवन सहज बनाउँदै लैजानुकाे सट्टा उल्टै करमाथी कर थाेपर्ने र मूल्यबृद्धी गर्ने काम गरिरहेकाे छ । यसले दलाल, कालाेबजारी, कमिसनखाेर, भ्रष्टाचारीहरूलाई सेवा गरिरहेकाे छ, भने आम सर्वसाधारण, श्रमजीवी जनताकाे ढाड सेक्ने काम गरिरहेकाे छ । हाम्रो संगठन यस्ता खालका अनावश्यक कर र विकृत क्रियाकलापहरुको तत्काल अन्त्य गरि मूल्यबृद्धि फिर्ता गर्न जोडदार माग गर्दछ । अन्यथा निर्मम संघर्ष गर्न बाध्यहुने चेतावनी पनि यसै विज्ञप्ति मार्फत दिन चाहान्छ,” संयोजक राईले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार