राजनीति
लाेक सेवा आयाेगले परीक्षा केन्द्र सम्बन्धित क्षेत्र मा वेभसाइट मार्फत जानकारी दिने बताएको छ । एक सुचना जारी गर्दै यस्ताे कुरा बताएको हाे ।
लोक सेवा आयोग सूचना तथा प्रकाशत शाखा, अनामनगर, काठमाण्डौं
स्थानीय तहका पदहरुको परीक्षा केन्द्र सम्बन्धी सूचना
सूचना नं. ५५६/०७५-७६
आयोगको मिति २०७५।२।१५ मा प्रकाशित विज्ञापन अनुसार स्थानीय तहका विभिन्न सेवा, समूहका ४, ५, ६ औँ तहका पदहरुको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाहरु उक्त विज्ञापनमा उल्लेखित मिति र समयमा सञ्चालन हुने छन् । सो सम्बन्धी परीक्षा केन्द्रहरुको जानकारी आयोगको वेभसाइट मार्फत सार्वजनिक गरिनेछ । परीक्षा हुनुभन्दा कम्तीमा १ (एक) दिन अगावै उम्मेदवारले आफनो परीक्षा केन्द्र एकिन गर्नुका साथै उम्मेदवारहरुले आफनो परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुनु भन्दा १ (एक) घण्टा अगावै पुगी कोठा समेत एकिन गर्नुपर्नेछ । प्रबेश पत्र विना परीक्षामा सामेल नगराइने तथा उम्मेदवारलाई तोकिएको बाहेक अन्य परीक्षा केन्द्रमा सम्मिलित नगराइने व्यहोरा सम्बन्धित सबैका जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ
