राजनीति
प्र’तिबन्धि’त नेपाल कम्युनिस्ट पार्टी स्याङ्जाले पुतलीबजार नगरपालिकासहित भालु पहाड, स’हिद स्मारक पार्कमा स’हिद स्मारक चोक, भालु पाहाड लेखिएको होर्डिङ बोर्ड र स’हिद तथा बे’पत्ता यो’द्धाहरूको फोटोसहितको होर्डिङ बोर्ड सरकारले फ्यालेको भन्दै आक्रोश व्यक्त गरेको छ । जिल्ला सेक्रेटरी सागर थापाले विज्ञप्ति जारी गर्दै सरकारलाई चेतावनी पनि दिएका छन् ।
थापाद्वारा जारी विज्ञप्तिमा भनेका छन्, ‘उत्पीडित तथा श्रमजीवी नेपालीहरूको पार्टी नेपाल कम्युनिस्ट पार्टीले लामो समयदेखि भ्रष्टा’चार, राष्ट्र’घातलगायत विषयमा स’ङ्घ’र्ष गर्दै आएको छ । कथित वाम सरकारका नाममा केपी–प्रचण्डको झुण्डले इतिहासका सबै का’ण्ड’हरूलाई बिर्साइदिने गरी ब्रह्म’लुट मच्चाइरहेको सबैमा छर्लङ्ग छ । उनीहरु जनताको मतलाई व्यापक दुरुपयोग गर्दै आफ्नो लूटको स्वर्ग बनाउने कुचेष्टा गरिरहेका छन् । यी यावत् बेथितिविरुद्ध हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीले चरणबद्ध आन्दोलन गर्दै आइरहेको छ । सम्पूर्ण जनतालाई थाहा छ– यिनको ब्र’ह्म’लूट र बेइमानीका कर्तु’तहरू बाहिर आउने डरले नेपाल कम्युनिस्ट पार्टीमाथि प्र’तिब’न्ध लगाइएको छ ।’
घटनाका विषयमा जानकारी गराउँदै विज्ञप्तिमा भनिएको छ, ‘यसै सिलसिलामा स्याङ्जा जिल्ला पार्टीले सहिदहरूको सम्झनामा पुतलीबजार नगरपालिकासहित भालु पहाड, स’हिद स्मारक पार्कमा स’हिद स्मारक चोक भालु पाहाड लेखिएको होर्डिङ बोर्ड र स’हिद तथा बेप’त्ता यो’द्धाहरूको फोटोसहितको होर्डिङ बोर्ड राखेको थियो । उक्त बोर्ड कथित सरकारका भरौटेहरूले उखेली फालेका छन् ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘देश र जनताको परिवर्तनका लागि लड्ने स’हि’दहरूको सम्झनाका लागि बनाइएको होर्डिङ बोर्ड फालेर सारा स’हिदको अपमान गरिएकोमा नेपाल कम्युनिस्ट पार्टी स्याङ्जा गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ । केपी–पीकेमण्डली दलालका विरुद्धमा देशमा आन्दोलनको ठूलो र भयावह स्थिति सिर्जना हुने देखिन्छ । यो अवस्थाको सम्पूर्ण जिम्मा केपी–पीके मण्डलीले नै लिनुपर्नेछ । सम्पूर्ण देशभक्त, राष्ट्रवादी शक्ति, बुद्धिजीवी, मानवअधिकारवादी, वामपन्थी शक्ति, व्यापारी, वकिल, पत्रकारलगायत आम नेपाली जनता सचेत रहन र अन्यायका विरुद्ध बोल्न र लेख्न अपिल गर्दछौँ ।
हेर्नुस् विज्ञप्ति
