logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

२ लाख नगदसहित सुर्खेतबाट १३ जुवाडे पक्राउ


  • राजनीति
  • बिहिबार, भाद्र ७ २०८०

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-३ एरिचोकस्थित न्यू पञ्चकोशी दुल्लु खड्का होटलमा जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दैलेख दुल्लु नगरपालिका-७ घर भएका ४६ वर्षीय दिनेश हमालसहित १३ जना रहेका छन् । उनिहरुलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १९ हजार ९ सय रूपैयाँ, ५ बुक तास र मोबाइल १५ थानसहित पक्राउ गरेको हो प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यस विषयमा थप अनुसन्धान भैरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार