logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

लागू औसतसहित युवक पक्राउ


  • राजनीति
  • शुक्रबार, असार १३ २०८२

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतटले ठूलो परिमाणमा लागू औसतसहित एकजनालाई पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ आउँदै गरेको स्याङ्जाका स्याङ्जाका ३१ वर्षीय नीलकुमार थापा मगरलाई १५० एमपुल लागू औसत सहित गौरवंसार क्षेत्रबाट पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दीपक कुमार रहेका अनुसार बुधबार भान्सा सुरक्षा गार्डबाट खटिएको प्रहरी टोलीले गौर नगरपालिका वडा नम्बर १ स्थित भनसार कार्यालय अगाडि जाँच गर्ने क्रममा मगरलाई नियन्त्रणमा लिएको हो । भारतबाट पैदल नेपाल प्रवेश गरिरहेका उनको साथबाट उक्त लागु औसत बरामद भएको थियो ।

प्रहरीले उनको साथबाट निफिन ५० एम्पुल सेजेका ५० एम्पुल र फेनार रगन ५० एम्पुल गरी जम्मा एउटा मोबाइल फोन बरामद गरेको छ।

पक्राउ परेका मकरलाई लागू औषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी रौतहट जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान कार्य अगाडि बताइएको प्रहरीले जनाएको छ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार