logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पुष्पलाल देखि विप्लव सम्म, कहिले फुटे कहिले जुटे, एक दृश्य

७० वर्षे नेपाली कम्युनिस्ट यात्रा


  • अखिल बिश्वकर्मा
  • मंगलबार, पुष १७ २०७५

२००६ साल बैशाख १० (सन् १९४९ अप्रिल २२) गते भारतको कलकत्ताको श्यामबजारमा पुष्पलाल श्रेष्ठ, निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी र नरबहादुर कर्मचार्य मिली नेपालमा कम्युनिष्ट पार्टीको स्थापना गरे । नेपालमा कम्युनिष्ट पार्टीको स्थापना  संस्थापक महासचिव पुष्पलाल थिए ।

सन् १९४९ सेप्टेम्वर १५ मा मोतिदेवी श्रेष्ठलाई थप्न प्रस्ताव गरिएको थियो । ने.क.पा.को प्रथम सम्मेलन वि.सं. २००८ असोज (१९५१ सेप्टेम्वर २२) मा कलकत्ता नै भयो । जसले मनमोहन अधिकारीलाई महासचिव बनायो ।

२००८ साल कार्तिक २० गते नेपाल भारत सन्धिको वि’रोध गरेकाले चिनिया काजीमान श्रेष्ठलाई सरकारले ह’त्या ग-यो ।

२००९ माघ ९ गते डा. के.आई. सिंहद्धारा जेल वि’द्रोह गरे।ब२००९ माघ ११ गते कम्युनिष्ट पार्टीमाथि प्रतिब’न्ध लगाइयो ।
२००६ भदौ ३० गते पुष्पलालले कम्युनिष्ट पार्टीको घोषणापत्र जारी । २०१० सालतिर नै भीमदत्त पन्तले पश्चिममा स’शक्त किसान आ’न्दोलन।

ने.क.पा.को प्रथम महाधिवेशन २०१० साल माघ १७–२५ सम्म काठमाडौंमा भयो । दुई  वटा धार  पुष्पलाल श्रेष्ठले संविधानसभाको निर्वाचन, डा. केशरजङ्ग रायमाझीले वैधानिक राजतन्त्र। महाधिवेशनले मनमोहन अधिकारी महासचिव।

२०१२ कार्तिकमा दोश्रो राष्ट्रिय सम्मेलन भयो दुई धार देखिए। केशरजङ्ग रायमाझीले राजावादी धार समाते। पुष्पलाल श्रेष्ठले पार्टी कार्यक्रममा परिवर्तन किन ? नामक दस्तावेज पेश गरे ।

२०१२ मा कम्युनिष्ट पार्टीमाथिको प्रतिब’न्ध फुकुवा।

ने.क.पा.को दोश्रो महाधिवेशन २०१४ जेठ १५—२५ काठमाडौंमा सम्पन्न भयो । तिन धार पुष्पलाल श्रेष्ठले संविधानसभा र संसदीय प्रजातन्त्र,शम्भुराम श्रेष्ठले गणतन्त्र महाधिवेशनले पुष्पलाल काे धार पास गरेपनि  केशरजङ्ग रायमाझी महासचिव बने । २०१५ सालको आम चुनावमा कम्युनिष्ट पार्टीले पाल्पा, रौतहट लगायत ४ स्थानमा विजयी

२०१७ पौष १ गते राजा महेन्द्रले पञ्चायती शासन घोषणा गरे,  २०१७ पौष २२ मा महेन्द्रले दलहरुमाथि प्रति’बन्ध’ लगाए ।

२०१७ साल फागुनमा भारतको दरभंगामा १ महिनासम्म दरभंगा प्लेनम भयो । प्लेनममा २४ जिल्लाका ५४ प्रतिनिधि सहभागी थिए। २०१८ सालमा पुष्पलाल र तुलसीलाल अमात्यको अग्रसरतामा अन्तरजोन सामजञ्य समिति गठन ,पार्टा नीति वि’परित भएको र समानान्तर पार्टी भनी पुष्पलाल, तुलसीलाल अमात्य र हिक्मतसिंह भण्डारीलाई २०१९ मा पार्टीबाट निश्काशन गरियो ।

ने.क.पा.को तेश्रो महाधिवेशन २०१९ वैशाख ४–१५ सम्म भएको थियो । जसका प्रस्तावित लाइनहरु, १) तुलसीलाल अमात्य : सार्वभौमसत्ता सम्पन्न संसद, २) पुष्पलाल श्रेष्ठ : विघटित संसदको पुनस्र्थापना, ३) मोहनविक्रम सिंह : संविधानसभाको निर्वाचन थिए । जसमा मोहनविक्रम सिंहको संविधानसभाको निर्वाचनको लाइन बहुमतबाट पास भयो । तर, महामन्त्रीमा तुलसीलाल अमात्य निर्वाचित भए ।

रायमाझी समूह

रायमाझी समूहले २०२३ सालमा तेश्रो महाधिवेशन ग-यो । २०२४ सालमा भएको तेश्रो महाधिवेशनले महामन्त्री केशरजंग रायमाझी निर्वाचित भए । २०३६ मा पञ्चायतमा प्रवेश गर्ने वा नगर्ने विषयमा रायमाझी र मानन्धरबीच वि’वाद भयो । २०३८ सालमा चौंथो महाधिवेशन डाकी मानन्धर समूहको गठन गरियो र रायमाझी समूहबाट अलग भएको घोषणा गरियो ।

२०४० सालमा रायमाझी समूहको पाँचौं महाधिवेशन भयो । पार्टी बर्मा र रायमाझी समूहमा २ गुटमा विभाजन भयो । दुवैले एक अर्कालाई पार्टीबाट निश्काशन गरेको घोषणा गरे । यसरी रायमाझी समूह ३ धारमा टु’क्राटु’क्रा भयो । यिनीहरु रुसी प्रतिक्रा’न्तिको पक्षमा गए । पछि गएर रायमाझी आधिकारिक रुपमा दरबार प्रवेश गरे ।

पुष्पलाल समूह

२०२४ सालमा पुष्पलालले भेला गरी आफ्नो समूह व्यवस्थित गर्न खोजे । २०२५ सालमा गोरखपुरमा तेश्रो सम्मेलन गरी नयाँ जनवा’दी गणतन्त्रको लाइन पारित गरी पुष्पलाल श्रेष्ठ महामन्त्री बने । २०२९ सालमा पुष्पलाल समूहको चौथो राष्ट्रिय सम्मेलन भयो । २०३१ श्रावणमा कम्युनिष्ट एकता सं’घर्ष समिति गठन भयो ।

२०३३ असार १५ मा जीबराज आश्रित, मोदनाथ प्रश्रित, बामदेव गौतमले पुष्पलालबाट विद्रोह गरी मु’क्ति मोर्चा समूह गठन गरे । २०३५ श्रावण ७ मा पुष्पलालको मृ’त्युपछि त्यसको नेतृत्व बलराम उपाध्यायले गरे । यसै संगठनलाई विकास गरेर २०४४ सालमा सहाना प्रधान र भरतमोहन अधिकारी मिलेर ने.क.पा. (माक्र्सवादी) को गठन गरे ।

रोहित समूह

पुष्पलाल समूहबाट २०३२ माघ १० गते अलग भएर नेपाल मजदुर किसान संगठन निर्माण गरियो । त्यसैगरी २०३६ सालमा रुपलाल विश्वकर्माको नेतृत्वबाट वि’द्रोह गरी पुष्पलाल समूहबाट २०३८ सालमा सर्वहारावादी श्रमिक संगठनको गठन भयो । २०४६ सालपछि राष्ट्रिय सम्मेलन गरी नारायणमान विजुक्छे (रोहित) को नेतृत्वमा नेपाल मजदुर किसान पार्टीको गठन भयो ।

पूर्वी मेची कोशी प्रान्तीय समितिः

२०२२ सालमा भारतको दरभंगामा सम्मेलन गरी भरतमोहन अधिकारी र कमल कोइरालाको नेतृत्वमा मेची कोशी प्रान्तीय कमिटी गठन भयो । २०२७ सालतिर यसको कार्यनीतिक वि’वादका कारण झापा जिल्ला कमिटी अलग भयो । त्यही झापा जिल्ला कमिटीले २०२८ सालमा वर्गदुश्मन ख’तम पार्ने उद्धेश्यसहित झापा वि’द्रोह सुरु ग-यो ।

कोर्डिनेशन केन्द्रः

२०२८ सालमा सुरु भएको झापा वि’द्रोहका कमिकमजोरी हटाउने नाममा २०३१ जेठ १४ मा झापा, मोरङ्ग, सुनसरी जिल्ला कमिटीले समन्वयका लागि अपील ग-यो । २०३२ जेठ २४–२५ मा सम्मेलन गरी अखिल नेपाल क्रा’न्तिकारी कोओर्डिनेशन केन्द्र (माले) कमिटीको गठन भयो । २०३५ साल पौष ११ गते कोओर्डिनेशन केन्द्रको सम्मेलन गरी ने.क.पा. (माले) पुनर्गठन भयो । जसको नेतृत्व सी.पी. मैनालीले गरे ।

२०४६ सालको आ’न्दोलनमा माले, माक्र्सवादी लगायतका एकथरी समूहबीच आ’न्दोलनको लागि संयुक्त बाममोर्चा बन्यो । त्यसको नेतृत्व सहाना प्रधानले गरिन् । २०४६ साल भाद्र ९–१४ सम्म यस समूहको चौंथो महाधिवेशन भयो । २०४७ मा ने.क.पा. (माले) र ने.क.पा. (माक्र्सवादी) मिली ने.क.पा. (एमाले) बन्यो । २०४९ मा ने.क.पा. (एमाले) को पाँचौं महाधिवेशनले मदन भण्डारीलाई महासचिव बनायो र जनताको बहुदलीय जनवादको नीति पास गर्यो ।

२०५४ मा माधवकुमार नेपाल छैंटौ महाधिवेशन गरी महासचिव भए । २०५४ सालमा एमाले विभाजन भई माधव नेपाल (एमाले) र बामदेव गौतम (माले) बने । २०५९ मा पुन २ पार्टीबीच एकता भयो र महासचिव माधव नेपाल भए । २०६४ चैत्र २८ मा भएको संविधानसभामा एमाले पार्टी पराजित भएपछि माधव नेपालले राजीनामा दिए र झलनाथ खनाल महासचिव बने ।

२०७० मा सम्पन्न दोस्रो संविधान सभामा नेकपा (एमाले) दोस्रो ठूलो दल बन्यो। त्यसपछि केपी ओली पार्टी अध्यक्षमा निर्वाचित भए । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा एमाले पहिलो बन्यो । त्यसपछि २०७४ फागुनमा एमाले अध्यक्ष ओलीको नेतृत्वमा बहुमतको सरकार बन्यो ।

केन्द्रीय न्युक्लियसः

२०२८ मंसीर २० मा मोहनविक्रम लगायत बागमति प्रान्तीय कमिटीमा रहेका सिद्धिलाल सिंह, नरबहादुर कर्मचार्य, देवेन्द्रलाल श्रेष्ठ मिली केन्द्रीय न्यूक्लियस गठन गरे । केन्द्रीय न्यूक्लियसका संस्थापकहरुमा मोहनविक्रम, मनमोहन अधिकारी, निर्मल लामा, शम्भुराम श्रेष्ठ, जयगोविन्द शाह, भरतमोहन अधिकारी, रामबहादुर ह्यामो, कमल कोइराला, सिद्घिलाल सिंह आदि थिए ।

चौंथो महाधिवेशनः

२०३१ भाद्र ३० देखि असोज ७ सम्म निर्मल लामा, मोहन बिक्रमहरुको पहलमा चौंथो महाधिवेशन भयो । जसको नारा देशभक्त र प्रजातन्त्रवादीहरुको संयुक्त सरकार थियो । महाधिवेशनले मोहन बिक्रम सिंहलाई महासचिवमा निर्वाचित ग¥यो । त्यही समयमा पुष्पलालले राजतन्त्र परास्त गर्न कांग्रेससँग पनि संयुक्त मोर्चा बनाउनुपर्ने धारणा राखेकोमा मोहन बिक्रमले क’डा आ’लोचना गरी ‘गद्दार पुष्पलाल’ भन्ने पुस्तक लेखे । २०३१–२०३३ सम्म मोहन बिक्रम सिंहलाई माओ र निर्मल लामालाई चाओको रुपमा प्रचार गरिन्थ्यो ।

२०३५ मा मोहनविक्रम का’र्वाहीमा परेपछि निर्मल लामा महामन्त्री भए । छिट्टै का’र्वाही फुकुवा गरी मोहन बिक्रमलाई पुन जिम्मेवारीमा ल्याइयो । तर, निर्मल लामा पनि का’र्वाहीमा परेपछि २०३६ मा भक्तबहादुर श्रेष्ठ (शेरसिंह) महामन्त्री भए । त्यसपछि छोटो समय चित्र बहादुर के.सी. पनि पार्टीको महामन्त्री बने । २०३७ मा ऋषि देवकोटा (आजाद) ले पार्टीबाट विद्रो’ह गरे । २०३९ सालतिर मोहन बिक्रम दोश्रोपटक का’र्वाहीमा परे । २०४० सालमा चित्रबहादुर श्रेष्ठ गि’रफ्तार भएपछि निर्मल लामाहरु ने.क.पा. (चौम) छुट्टै पार्टी गठन गरे ।

चौम समूहः

२०४० साल मंसीरमा निर्मल लामाको नेतृत्वमा चौमको राष्ट्रिय सम्मेलन आयोजक कमिटी गठन भयो । २०४१ फागुनमा सम्मे

चौम समूहः

२०४० साल मंसीरमा निर्मल लामाको नेतृत्वमा चौमको राष्ट्रिय सम्मेलन आयोजक कमिटी गठन भयो । २०४१ फागुनमा सम्मेलन गरी चौमका महामन्त्री निर्मल लामा बने, यो समुह २०४६ सालको जनआ’न्दोलनमा संयुक्त रुपमा सहभागी भई सं’घर्षमा होमियो ।

ने.क.पा. (मशाल) :

२०४१ मंसीर १–१६ सम्म नेकपाको पाँचौं महाधिवेशन भयो । महाधिवेशनले मोहन बिक्रम सिंहको कार्यदिशा पास ग¥यो । तर, सांस्कृतिक बिचलनको मुद्दामा उनलाई महाधिवेशनबाट निकालियो । महाधिवेशनमा प्रचण्डले मोहन विक्रममा सैद्धान्तिक विचलन रहेको प्रतिवेदन प्रस्तुत गरे । महाधिवेशनले मोहन वैद्य (किरण) लाई महामन्त्रीमा निर्वाचित ग-यो ।

२०४२ सालमा पाँचौं महाधिवेशनबाट निर्वाचित १७ जना केन्द्रीय सदस्यमध्ये ४ जनलाई लिएर मोहन बिक्रमले ने.क.पा. (मसाल) गठन गरी २०४३ सालमा सम्मेलन गरे । २०४३ सालमा ने.क.पा. (मशाल) को तर्फबाट काठमाडौंका प्रहरी बिटमा आ’क्रमण र पोष्टर टाँस्ने काम भयो, जुन घट’नामा पार्टीका धेरै कार्यकर्ता गि’रफ्तार परे र पार्टीलाई गम्भीर क्ष’ति पुग्यो । जुन घ’टनालाई सेक्टरका’ण्ड भनिन्छ । सेक्टरकाण्डमा पार्टीको योजना असफल भएपछि मोहन वैद्यले महामन्त्रीबाट राजीनामा दिए ।

२०४५ सालमा मशालको सम्मेलनले प्रचण्डलाई महामन्त्रीमा निर्वाचित ग-यो र माओवाद पास ग¥यो । साथै दीर्घकालीन जनयु’द्धको कार्यदिशा समेत पास ग¥यो । २०४६ सालको जनआ’न्दोलनमा ने.क.पा. (मशाल), ने.क.पा. (मसाल), सर्वहारा श्रमिक संगठन, ने.क.पा. (चौम) लगायत मिलेर संयुक्त जनआ’न्दोलन संयोजन समिति बन्यो ।

२०४७ श्रावणमा ने.क.पा. (मशाल), प्रचण्ड, ने.क.पा. (चौम), निर्मल लामा, सर्वहारावादी श्रमिक संगठन, रुपलाल विश्वकर्माबीच एकता भई ने.क.पा. (एकताकेन्द्र) बन्यो । २०४७ को अन्त्यतिर मोहन विक्रमको ने.क.पा. (मसाल) बाट वि’द्रोह गरी हरिवोल गजुरेलको नेतृत्वमा डा. बाबुराम भट्टराई लगायतको टिम ने.क.पा. (एकताकेन्द्र) मा समाहित भयो ।

२०४८ मंशीर ४ मा एकताकेन्द्रको एकता महाधिवेशन भयो । एकता महाधिवेशनले दीर्घकालीन जनयु’द्धको कार्यदिशा पास ग¥यो । एकता महाधिवेशनमा प्रचण्डले आधार इलाका सहितको दीर्घकालीन जनयु’द्ध, रुपलाल विश्वकर्माले आधार इलाकाविनाको दीर्घकालीन जनयु’द्ध, निर्मल लामाले शश’स्त्र शहरी वि’द्रोह गरी तीन लाइन प्रस्तावित भयो । तर, बहुमतले प्रचण्डले पेश गरेको प्रस्तावलाई पारित ग-यो ।

महाधिवेशनले संसदीय निर्वाचनलाई जनवादी क्रा’न्तिको पक्षमा उपयोग गर्ने निर्णय ग-यो । प्रचण्ड लगायत निर्मल लामा, मोहन वैद्य, चित्र बहादुर श्रेष्ठ, रुपलाल विश्वकर्मा, हरिबोल गजुरेल लगायतका ११ जना पूर्व महामन्त्रीहरु महाधिवेशनमा थिए । महाधिवेशनले प्रचण्डलाई महामन्त्रीमा निर्वाचित गर्याे।
२०४८ सालको संसदीय निर्वाचनमा पार्टीले संयुक्त जनमोर्चा नामको चुनावी मोर्चा निर्माण ग-यो । प्रतिनिधि सभामा ९ र राष्ट्रिय सभामा २ जना गरी ११ स्थानमा पार्टी विजयी बन्यो ।

२०४९ सालमा वर्गसं’घर्षको चार तयारी गर्ने बारेमा निर्मल लामाहरुसँग व्यापक बहस भयो । ,तर निर्मल लामाहरु वैधानिक सं’घर्षलाई मूख्य माने। २०५१ असारमा प्रथम राष्ट्रिय सम्मेलनपछि निर्मल लामाहरु पार्टीबाट अलग भए। त्यसपछि निर्मल लामा, नारायणकाजी श्रेष्ठ, अमिक शेरचन, लिलामणि पोख्रेलहरु मिलेर २०५१ सालमा छुट्टै ने.क.पा. (एकताकेन्द्र) गठन गरे ।

२०५१ साल फागुन २–४ मा ने.क.पा. (एकताकेन्द्र) को तेश्रो बिस्तारित बैठकले नयाँ जनवादी क्रा’न्तिको राजनितीक तथा फौजी कार्यदिशा निर्माण गरियो । ने.क.पा. (एकताकेन्द्र) परिवर्तन गरी ने.क.पा. (माओवादी) राख्यो । २०५२ फागुन १ मा ने.कपा. (माओवादी) ले जनयु’द्धको घोषणा ग-यो ।

२०५७ माघ–फागुनमा माओवादीको दोश्रो राष्ट्रिय सम्मेलन भयो । सम्मेलनले ५ वर्षका जनयु’द्धका अनुभवलाई प्रचण्डपथका रुपमा शंश्लेषण ग-यो ।
२०५८ जेठ १९ मा दरवार ह’त्याकाण्ड।

२०६० जेठमा माओवादीले इतिहासका अनुभव र २१औं शताब्दीमा जनवादको विकासबारे दस्तावेज पारित गर्याे।
२०६२ असोजको चुनवाङ्ग बैठकले लोकतान्त्रिक गणतन्त्रको कार्यनीति पास गर्याे । २०६२÷०६३ को आ’न्दोलनले निरकुंश राजतन्त्र अन्त्य भयो, संविधान सभाको निर्वाचनपछिको संसदले २०६५ जेठ १५ गते गणतन्त्रको घोषणा ग-यो ।

२०६९ असारमा एकीकृत (मा’ओवादी) बाट अलग भइ  मोहन वैद्यको नेतृत्वमा  नेकपा–माओवादी गठन भयो।अध्यक्ष माेहन बैध।२०६९/फागुनमा काठमाडौ मा साताै महाअधिबेशन अध्यक्ष मा माेहन बैध नै निर्बाचित।

२०७१/८/८गते नेकपा माओबादी नेत्र बिक्रम चन्द बिप्लवकाे नेतृत्वमा पार्टी पुनर्गठन।

२०७१/११/५ देखि ८ सम्म राेल्पा थवाङमा आठाै महाअधिबेशन महासचिव मा बिप्लव निर्बाचित ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार