हाम्रो चेतनाबाट बाहिर अस्तित्वमा रहने र चेतनाले प्रतिविम्बित हुने बस्तुगत बास्तबिकताकाे रुपमा सबै घटनाहरुकाे सामान्य स्वभावहरुद्वारा नै पदार्थ भन्ने दार्शनिक कुरा भावकाे अभिब्यक्त हुन्छ।
पदार्थ भनेकाे बस्तुगत यथार्थतालाइ बुझाउने त्याे दार्शनिक भाव हाे।जुन मान्छेलाई उसकाे अनुभुतीमा दिएकाे हुन्छ। याे अनुभुतिबाट स्वतन्त्र रुपमा अस्तित्वमा रहन्छ। तर हाम्रो अनुभुतीले प्रतिलिपी बनाउछ, फाेटाे खिच्दछ र चित्रण गर्दछ।
जुन चिजले हामीलाई ज्ञान दिए मार्फत जान्न बुझ्न सक्दछाै ,जुन चिजकाे लम्बाइ चाैडाइ माेटाइ वा ताैल हुन्छ र जुन चिजकाे अस्तित्व हाम्रो चेतना बाहिर बिध्धामान छ त्यहि नै पदार्थ हाे।
पदार्थ केवल आफ्नो रुपमा अस्तित्ववान हुन्छ पदार्थको अस्तित्वकाे स्वरुपमा गति हुन्छ।
गति बिश्वकाे भाैतिक एकताकाे कारणले पनि सम्पुर्ण घटनाहरु बस्तुहरुकाे यान्त्रिक अन्तरसम्बन्ध पारस्परिक र निर्भरता हाे।
पदार्थको एउटा गुण हाे।