प्रकृति समाज र मानव चिन्तन तथा संज्ञान र प्रक्रिया सामान्य नियमकाे बिज्ञान दर्शन सामाजिक चेतनाकाे रुपमा एक हाे। दर्शनशास्त्र आजभन्दा करिव ३०/४०हजार बर्ष पहिला प्रारम्भ भएकाे पाइन्छ ।
दर्शनशास्त्र भनेकाे ज्ञान बिज्ञान अाध्यात्मक वा भाैतिकवादी बिषयकाे ब्याख्या र विवेचना गर्ने शास्त्र जीवन र प्रकृतिको सारतत्वमा चिन्तन गरिने शास्त्र हाे।
philo फिलाे : प्रेम
sophy साेपिया : विशेष ज्ञान
माक्स एंङगेल्सले साम्यवादी दर्शनकाे अनुसन्धान दर्शनकाे क्षेत्रमा गरिएकाे नयाँ र बैज्ञानिक अनुसन्धान हाे।याे दर्शनलाइ “द्वन्द्वात्मक तथा ऐतिहासिक भाैतिकवाद” पनि भनिन्छ ।यसले पहिलाका दर्शनहरुकाे ठिक बिपरित यसलाइ दर्शनमा गरिएकाे क्रान्ति पनि भनिन्छ।प्रकृति समाज राज्यको उत्पत्ति बिकास र रुपान्तरण लाई अध्ययन गर्ने ज्ञान हाे दर्शन।दर्शनकाे “ज्ञानकाे प्रेम विशेष ज्ञान” पनि भनिन्छ ।
१८४३मा हेगेलकाे “अादर्शवादी द्वन्द्ववाद”काे अालाेचना र १८४५मा फायरबाघकाे “भावबादी भाैतिकवाद”काे अालाेचनाबाट कार्लमाक्सले “द्वन्द्वात्मक भाैतिकवादी”दर्शनको बिषयमा अध्उयन गर्नु भयाे।उहाँले पदार्थ र प्रकृति नै सत्य हाे र त्याे निरन्तर गतिमा हुन्छ भन्नुभयो ।
माक्र्स ले हेगेलकाे अादर्शबादी द्वन्द्ववादकाे अालाेचना गर्दै लेख्नु भयाे “हेगेलकाे द्वन्द्वबादले टाउको टेकेकाे थियाे मैले त्यसलाई खुट्टामा उभ्याइदिए” र फायरबाघकाे भाववादी भाैतिकवादकाे अालाेचना गर्दै लेख्नुभयाे “अाजसम्म सारा भाैतिकवाद जसमा फायरबाघकाे भाैतिकवादमा सामेलपनि छन मुख्य त्रुटी याे छकि बस्तु बास्तबिकता र इन्द्रियता काे केवल बिषय या अनुध्यानकाे रुपमा कल्पित गर्ने गर्दछ न कि मानवकाे इन्द्रिय क्रिया ब्यबहारकाे रुपमा न कि अात्मानिष्टकाे रुपमा ।
यसकार फल याे भयाे कि क्रियाशील पक्ष भाैतिकवादकाे बिपरित भाववादद्वारा गर्न पुगे ।
तर केवल अमुर्त रुपमा किनकि भावबाद वास्तविक इन्द्रिय क्रिया भन्दा सर्वथा अपरिचित छ”।
जिवन र जगतलाई वुझ्ने बिज्ञान दर्शनशास्त्र हाे भन्नू भयाे।माक्सले “वास्तमा दर्शनशास्त्र भनेकाे ज्ञान सिद्धान्त बाहेक अरु हाेइन्।” “दार्शनिकहरुले केवल बिश्वकाे विभिन्न तरिकाले व्याख्या मात्रै गरेका छन्।तर मुख्य कुरा यसलाई बदल्नु हाे।”
“मानिसहरुकाे चेतनाले उनिहरुसत्तालाइ निर्धारण गर्दैनन् बरु त्यसकाे उल्टाे सामाजिक सत्ताले उनिहरुकाे चेतना निर्धारण गर्दछ।”भन्नू भयाे।
द्वन्द्वात्मक तथा ऐतिहासिक भाैतिकवाद प्रकृति समाज र मानव चिन्तन र अन्तरबिराेधकाे अध्ययन विश्लेषण र शश्लेषण गर्ने मालेमाबादी बिश्व दृष्टीकाेण हाे।
समग्रमा दर्शनकाे बिशेषगरी तुलनात्मक दर्शनकाे अाधारभुत प्रश्न चिन्तन र अस्तित्वकाे।सम्बन्ध काे प्रश्न हाे।