logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

ओली–प्रचण्डको पाखण्डी एवं दमनकारी चरित्र नाङ्गो भएको छ : बिरजङ्ग


  • राजनीति
  • मंगलबार, फाल्गुन २१ २०७५

नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी लुम्बिनी ब्युरोका सदस्य एवं गुल्मी जिल्ला सेक्रेटरी खिमबहादुर खड्कालाई बिनाकारण गिरफ्तार गरेको भन्दै नेकपा लुम्बिनी ब्युरोले घोर निन्दा एवं भत्सर्ना गर्दै तत्काल रिहा गर्न माग गरेको छ । लुम्बिनी ब्युरो इन्चार्ज वीरजङ्गले एक प्रेश विज्ञप्ति जारी गर्दै गिरफ्तार गरिएका खड्कालाई तत्काल रिहा गर्न माग गरेका हुन् ।

वीरजङ्गद्धारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ–‘हाम्रो महान तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीले दुईमहिने सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान सञ्चालन गरिरहेको अवगत नै छ । पार्टीको अभियान तथा सांगठनिक कामको सिलसिलामा २०७५ फागुन १९ गते दिउँसो ओली–प्रचण्ड नेतृत्वको सामाजिक दलाल पुँजीवादी सरकारले हाम्रो पार्टीका लुम्बिनी ब्युरो सदस्य एवं गुल्मी जिल्ला सेक्रेटरी कमरेड खिम खड्कालाई तम्घासबाट बिनाकारण गिरफ्तार गरेको छ ।
हाम्रा नेताकार्यकर्ताको गिरफ्तारीले राजनीतिक स्वतन्त्रताको स्वर उराल्ने पुँजीवादी संसदीय व्यवस्थाको दमनकारी, जनघाती चरित्रलाई उदाङ्गो पारेको छ । कम्युनिस्ट नामबाट सरकारमा पुगेको ओली–प्रचण्डको पाखण्डी एवं दमनकारी चरित्रलाई पनि नाङ्गो बनाएको छ ।
हाम्रो पार्टी यो गिरफ्तारीको घोर निन्दा एवं भत्सर्ना गर्दै तत्काल रिहाईका लागी अपील गर्दछौं । विनाशर्त तत्काल रिहा नगरे कडा सङ्घर्षमा उत्रिने चेतावनी दिदै त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी ओली–प्रचण्ड सरकार हुने जानकारी दिन चाहन्छौँ ।’
नेकपाले सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान सञ्चालन गरिरहेको बेलामा सेक्रेटरी खड्कालाई तम्घासबाट गिरफ्तार गरेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार