logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

विप्लवका स्थायी सदस्य सुदर्शन लगायतलाई १५ दिन म्याद थप यस्तो छ कारण


  • राजनीति
  • आइतबार, चैत्र १७ २०७५

तीन भित्र अदालत उपस्थित गराउने आदेश का बिच आज नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका स्थायी सदस्य हेमन्त ओली सुदर्शन सहित ८ जनालाई जिल्ला  अदालत ललितपुर ले  १५ दिनकाे म्याद थप गरेको छ।

आज  समिति सदस्य तथा मध्यकेन्द्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित ९ जनालाई प्रहरीले अदालतमा उपस्थित गराएको छ । आइतबार सुदर्शनसहित ९ जनालाई जिल्ला अदालत ललितपुरले १५ दिनका लागि म्याद थप गरेको हो ।

सुदर्शनका तर्फबाट बरिष्ठ अधिवक्तासहित ६ जना अधिवक्ताले थुनछेक बहस गरेका छन् । सुदर्शनसहित ९ जनाबिरुद्ध संगठित अपराध, राज्य विरुद्धको अपराध, हातहतियार र खरखजाना र बम विस्फोटको मुद्दा लगाइएको छ ।

सुदर्शनसहित गिरफ्तार गरिएकाहरुलाई नेकपाका केन्द्रीय सदस्य तथा पूर्वी तामसालिङ ब्युरो इन्चार्ज विजय श्रेष्ठ, रामकृष्ण खतिवडा, शंकर अधिकारी, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे, धर्मराज राजबाहक, र लोकेन्द्र खड्कालाई पनि सोही मुद्दा लगाएको छ ।

नेता सुदर्शन लगायत ८ जनालाई  प्रहरीले उनीहरुलाई यही चैत  ९ गते बिहान काभ्रेबाट काठमाडौँ आउदै गर्दा काभ्रेबाट गिरफ्तार गरेको थियाे ।

कमान्ड इन्चार्ज सुदर्शन गिरफ्तारीको वामपन्थी शक्ति, बुद्धिजीवी, लोकतान्त्रिक शक्ति, देशभक्त शक्ति, कलाकारहरुले चौतर्फी विरोध गर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार