logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

कालिकोटमा प्रहरी/जनप्रतिनिधिलाई त्रास,विद्यार्थीलाई भन्यो, ‘विप्लव देखे १०० मा फोन गर्नु’


  • राजनीति
  • मंगलबार, चैत्र १९ २०७५

कालिकोट प्रहरीले एसईई दिएर घर फर्कन लागेका विद्यार्थीलाई विप्लव नेकपामा नलाग्न तथा उनीहरुको गतिवीधि देखे प्रहरीमा खबर गर्न भन्दै आग्रह गरेको बताएका छन् ।

जिल्ला सदरमुकाम मान्मस्थित महादेव आधारभुत विद्यालयमा परिक्षा दिएर घर फर्कन तयार भएका सय भन्दा धेरै विद्यार्थीलाई प्रहरी र जनप्रतिनिधिले सम्बोधन गर्दै गाउँमा विप्लवका नेता देखे प्रहरीलाई खबर गर्न भन्दै अनुरोध गरेको बताएका छन ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमको आयोजनाको क्रममा सहभागी भएका विद्यार्थीलाई प्रहरी र जनप्रतिनीधिले ‘कुलतमा नलाग्नु, समाजका विकृती हटाउनुपर्छ, उच्च शिक्षा हासिल गर्न तयारी कक्षाहरु लिनु, विप्लवमा पनि नलाग्नु, गाँँउमा विप्लव समुहका नेताहरु देखेपछि सय नम्बरमा फोन गरेर प्रहरीलाई खबर गर्नु ’ भन्दै सिकाएका हुन् ।
प्रहरीले जिल्लाका ९ वटै स्थानीय तह, ८२ वटै वडा र २५ वटा माध्यामिक विद्यायमा समिति बनाएर अभियान चलाइरहेको बताइएको छ ।

यस वर्ष कालिकोटबाट एसईई परिक्षामा ३ हजार ६ सय ११ जना विद्यार्थी सहभागी भएका थिए

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार