विराटनगर- आफूले भनेको नमानेको भन्दै एक जनप्रतिनिधिले प्रहरी चौकीको विद्युत आपूर्ति बन्द गरिदिएका छन्। विराटनगर महानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष हिरालाल कामतले आफूले भनेअनुसार नगरेको भन्दै प्रहरी चौकी बखरीको बिजुली काटिदिएका हुन्।
वडाध्यक्षले लाइन काटेपछि ५ दिन यता प्रहरी चौकी विद्युतविहीन छ। विद्युत लाइन काटिएपछि चौकीमा रहेको सञ्चार सेट तथा मोबाइल चार्ज गर्न आसपासमा धाउनु प्रहरीको बाध्यता बनेको छ।घरेलु मदिरा उत्पादन र तस्करी हुने सो क्षेत्रमा पछिल्लो समय प्रहरीले कडाई गरेका छ। प्रहरीले कडाई गर्दा पक्राउ परेका कतिपय व्यक्तिलाई छाड्न वडाध्यक्ष कामतले प्रहरीलाई दबाव दिँदै आएको प्रहरी स्रोत बताउँछ। झैझगडा केसमा पक्राउ परेका आफूनिकटलाई छाड्न उनले दबाव दिने गरेको प्रहरी स्रोत बताउँछ।
तर वडाध्यक्ष कामतले आफूले प्रहरीलाई अनुचित दबाव नदिएको बताए।जितेन्द्रनारायण ठाकुरले अन्नपुर्ण पोष्टमा लेखेका छन।