logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सामुहिक आत्महत्या प्रकरण : श्रीमती अनि छोरा छोरीले लेखेकी थिइन यस्तो अन्तिम म्यासेज


  • राजनीति
  • शुक्रबार, चैत्र २२ २०७५

चितवनमा एउटै परिवारका तीन जनाले एकै ठाउँमा आत्महत्या गरेका छन् ।भरतपुर महानगरपालिका–१८ शशीनगरस्थित शहरी क्लिनिक टोलका एउटै परिवारका आमा, छोरा र छोरीले आत्महत्या गरेका हुन् ।

घरभित्र एकै स्थानमा तीन सलको पासोमा अन्दाजी ३४ वर्षीया आमा माया आलेमगर, अन्दाजी १३÷१४ वर्षीया छोरी विनिता मगर र अन्दाजी ११÷१२ वर्षीय छोरा विवेक मगरले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

प्रहरीको प्रारिम्भक अनुसन्धानअनुसार काठमाडौंको स्वयम्भुस्थित नेपाली सेना,असभावखाना ब्यारेकका प्युठ दर्जाका नरबहादुर आलेमगरले श्रीमती र छोराछोरीप्रति गरेको बेवास्ताकारण एकैसाथ उनका श्रीमती र छोराछोरीले आत्मादहन गरेका हुन् ।

‘बाबा घर आउनुस न, किन आउनु हुन्न् ? किन यसरी हामीलाई दुख दिनुहुन्छ ? छोराछोरीले यस्तो सुसाईट नोट लेखेर बाबाप्रति विलौना गरेका छन् । ‘उनी २–३ दिनअघि काठमाडौंबाट बिदामा हिँडेका मान्छे, श्रीमती र छोराछोरी रहेको घर भरतपुर नआई आफ्नो पुख्र्यौली घर तनहुँको घुमाउने गएर बसेका रहेछन् ।’

आठ बर्ष अघिदेखि भरतपुरमा श्रीमती र छोराछोरी राखेर सेनाको जागिर खाँदै आएका श्रीमानलाई मायाले अन्तिम विलौना गर्दै भनेकी थिइन्– ‘तपाईले हाम्रो दुःख–सुःख कहिल्यै बुझ्नु र सुन्नुभएन । अब हामी सँधैका लागि तपाईबाट विदा भएर जाँदैछौं ।तपाईलाई राम्रो होस्, तपाईको उन्नती–प्रगति होस्।।बस।।यस्तै–यस्तै म्यासेज मोवाईलमा लेखेकी रहिछन् तर सेन्ट हुन नपाई उनको ज्यान गएको पाईयो’–एसपी राठौरले भने । उनका अनुसार टिनको छानामुनी घरको एउटै कोठा, एउटै पलङ्गको विस्तरामाथि एउटै बलोमा सलको पासो लगाई तीनै जनाले एकै साथ आत्महत्या गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार