एजेन्सी- एफ ए कप फुटबलको ब्राइटनलाई १–० ले हराउँदै म्यानचेस्टर सिटी फाइनलमा पुगेको छ । सेमिफाइनल अन्तर्गत शनिबार राति भएको खेलमा ब्राइटनलाई १–० ले हराउँदै पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले फाइनलमा स्थान पक्का गरेको हो ।
गाब्रिएल जिससले सिटीको जितमा चौथो मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन र सिटीले जिससकै गोलको भरमा फाइनलमा स्थान सुरक्षित गर्न सफल भयो ।
इएफएल अर्थात काराबाओ कपको उपाधि जितेको सिटीले एफए कपको उपाधिका लागि वाट्फोर्ड या वुल्भ्ससँग प्रतिस्पर्धा गर्नेछ । यस्तै सिटी यो सिजन प्रिमियर लिग तथा च्याम्पियन्स लिग फुटबलको उपाधि होडमा पनि छ ।