logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

जर्मन बुण्डेस लिगा: बार्यनले बोरुसियामाथि ५–० को जित


  • राजनीति
  • आइतबार, चैत्र २४ २०७५

एजेन्सी – जर्मन बुण्डेस लिगा फुटबलको उपाधि होडमा रहेको टिम बोरुसिया डर्टमुण्डमाथि बार्यन म्युनिख शानदार जित दर्ता गरेको छ। यसै गरी जर्मन बुण्डेस लिगा फुटबलको शीर्षस्थानमा बार्यन म्युनिख उक्लिएको छ ।

लिग अन्तर्गत शनिबार राति घरेलु मैदानमा भएको खेलमा बार्यनले बोरुसियामाथि ५–० को जित निकालेको हो । बार्यनको जितमा रोबर्ट लेवान्डोस्कीले दुई तथा हुम्मेल्स, मार्टिनेज एगुइनागा र ग्नाब्रीले एक एक गोल गरे ।

पहिलो हाफमा नै चार गोल गरेको बार्यनले दोस्रो हाफमा थप एक गोल गरेको हो । जितपछि शीर्षस्थानमा पुगेको बार्यनको २८ खेलबाट ६४ अंक भएको छ । दोस्रो स्थानमा झरेको बोरुसियाको एक अंक कम छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार