logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

मलेसियामा बस दुर्घटना “दुई नेपाली सहित ११को ज्यान गयो”,यस्तो छ बाकीँ नेपालीको अवस्था


  • राजनीति
  • सोमबार, चैत्र २५ २०७५

पोखरा- मलेसियामा आइतबार राती भएको बस दुर्घटना परी दुई नेपालीसहित ११ जनाको ज्यान गएको छ । ज्यान जाने नेपालीमा रामु चौधरी र जगन्नाथ सिंह दनुवार रहेको जानकारी प्रापत भएको छ ।

मलेसियाको क्वालालामपुर विमानस्थल नजिकै ४४ जना यात्रु बोकेर हिँडेको बस सेपाअङमा नालीमा खसेर दुर्घटना हुँदा दुई नेपालीसहित पाँच जना बंगलादेशी, तीन जना इण्डोनेसियन र एक मलेसियन नागरिकको ज्यान गएको हो । मलेसियन नागरिक बसका चालक रहेको बताइएको छ ।

दुर्घटनामा ३३ जना घाइते भएका छन् । बसमा १४ जना नेपाली, १२ जना बंगलादेशी, १४ जना इण्डोनेसियन र दुई जना मलेसियन नागरिक रहेको मलेसियन प्रहरीलाई उदृत गर्दै स्थानीय सञ्चार माध्यम मेट्रोले उल्लेख गरेको छ ।

रातीको काम गर्ने कामदार बोकेर काम गर्ने ठाउँतिर जाँदै गरेको बस दुर्घटनामा परेको हो । बस १० मिटर तल नालिमा खसेको प्रहरीको भनाइलाई मेट्रो अनलाइनले उल्लेख गरेको छ । घाइतेहरुको सेरदान, पुत्रजया, बान्तिन र काजाङ अस्पतालमा उपचार भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार