logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

पर्वतमा सुत्केरी भएकै दिन श्रीमती माथी चिरपट हाने श्रीमानले


  • राजनीति
  • मंगलबार, चैत्र २६ २०७५

कुश्मा- आफ्नै श्रीमानले सुत्केरी भएकै दिन चिर्पट प्रहार गर्दा एक महिला गम्भीर घाइते भएकी छिन्।आइतबार राति मरणासन्न हुने गरी पर्वतको फलेवास नगरपालिका-२ थापाठाना खनारका ३० वर्षीय मदन नेपालीले ३३ वर्षीया श्रीमती मुना नेपालीलाई कुटपिट गरेका हुन्।माया अधिकारी अन्नपुर्ण पोश्टमा लेखेकी छन।

आइतबार बिहान घरमा नै नवशिशु (छोरा) लाई जन्म दिएकी मुनालाई राति ९ बजेको समयमा मदनले चिर्पट प्रहार गरेर घाइते बनाएका छन्। आइतबार राति नै छिमेकीको सहयोगमा घाइते मुनालाई जिल्ला अस्पतालमा पर्वतमा सामान्य उपचारपछि थप उपचारका लागि सोमबार दिउँसो पोखरा पठाइएको हो।

उनको टाउकोमा गहिरो चोट भएकाले टाँका मारिएको छ। मदनले मदिराको नसामा सुत्केरी श्रीमतिमाथि हातपात गरेका हुन्।

प्रहरी टोलीले मदनलाई आइतबार राति नै नियन्त्रणमा लिएको छ। नियन्त्रणमा रहेका मदन अहिले पर्वत जिल्ला प्रहरी कार्यालयमा हिरासतमा छन्।

पीडित महिलाका माइती पक्षका आफन्त कोही नभएका कारण छिमेकीले उनलाई अस्पतालमा लैजान सहयोग गरेका थिए। आफूसँग उपचारका लागि आवश्यक रकम नभएका कारण सहयोगी मनसँग आवश्यक सहयोग गरिदिन उनले आग्रह गरेकी छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार