logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

स्याङ्जामा हुने ऐतिहासिक “काल्खु मेला”को तयारी पुरा


  • राजनीति
  • बुधबार, बैशाख ४ २०७६

आश तमु,पोखरा- चैत्र पुर्णिमाको अवसरमा स्याङ्जा काल्खुमा “काल्खु मेला” लाग्ने भएको छ। पुतलिबजार नगरपालिका ९ काल्खुमा कास्की स्याङ्जा र तनहुँको सिमानामा रहेको प्रसिद मन्दिर श्री जलकन्या उत्तरा देवीको विशेष पुजाको अवसर पारेर श्री जनसम्पर्क युवा क्लवले “आजको आवश्यकता समाज विकासमा युवा अपरिहार्यता” नाराका साथ मेलाको आयोजना गर्न लागेको हो।

जल कन्या उत्तरा देवी मन्दिरलाई प्रचार प्रसार गरी धार्मिक गन्त्व्यको रुपमा विकास गर्न, स्थानिय स्तरमा रहेको वस्तु प्रवदर्न गरी गाउँमा आर्थिक सामजिक सांस्कृतिक विकासमा टेवा पुर्याउन ,युवाहरुलाई खराव कुलत र दुर्व्यसन लाग्नबाट वचाउन ,काल्खु गाउँलाई होम स्टेको रुपमा विकास गर्ने लगाएत उदेश्य राखी मेलाको आयोजना गरिएको र तयारी पुरा भएको क्लवका अध्यक्ष जिवन थापा मगरले बताए।

विगत लामो समय देखी नै सञ्चालन हुदै आएको देवीको पुजाको बिशेष अवसरमा आयोजना गरिएको मेलालाई निरन्तरता दिएको उनले बताए। उनले भने “काल्खु गाउँको आफ्नै छुट्टै आफ्नो इतिहास छ, मगरहरुको यो ठाउँमा आफ्नै एउटा इतिहास बोकेर आएको यो ठाउँलाई हामी युवाहरुले नै हो बनाउने ,चैत्र पुर्णिमामा यहाँ विसेश पुजा हुन्छ ,हामीले पुजालाई मात्र सिमित नराखी अब गाउँलाई नै होमस्टेको रुपमा विकास गरी आन्तरिक एव बाह्य पर्यटन भित्राई विकासलाई पनि टेवा पुर्याउने हेतुले मेलाको आयोजना गरिएको हो ” उनले भने।

यही “वैशाख ६ गते देखी ११” गते सम्म सञ्चालन हुने मेलामा जलकन्या देवीको दर्शन , साविक गाउँ तथा वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता, स्थानिय उत्पादित वस्तुहरुको प्रदर्शनी ,सांस्कृतिक कार्यक्रम विविध खेलकुद जस्तै घैटो फुटाउने ,रस्सी तान्ने, म्युजिकल चियर ,छेलो हान्ने कार्यक्रम रहेको अध्यक्ष मगरले बताए। भलिवल तर्फको विजेतालाई ५० हजार, दोस्रोलाई ३५ हजार र तेस्रोलाई २० हजार र स्वान्तवा १२ हजार साथै ट्रफी, मेडल ,प्रमाण पत्र समेत रहेको बताए। मेला सम्पन्न गर्न लगभग सात लाख ४० हजार खर्च लाग्ने अनुमान गरिएको छ।

मेला सम्पन्न गर्न लगभग सात लाख ४० हजार खर्च लाग्ने अनुमान गरिएको छ।स्याङ्जा सदरमुकाम स्याङ्जा बजार देखी पुर्व तर्फ १४ किमी को दुरीमा रहेको काल्खु गाउँमा जीप बस मोटरसाइकलको माध्यमबाट पुग्न सकिन्छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार