logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

भालुको आक्रमणबाट तनहुँमा पुरुष घाइते


  • राजनीति
  • बुधबार, बैशाख ४ २०७६

तनहुँ- भालुको आक्रमणबाट तनहुँमा १ पुरुष घाइते भएका छन् । जंगलमा बाख्रा चराउन जाने क्रममा भानु नगरपालिका- १३ साठ्ठीमुरेका अन्दाजी ६० बर्षिय प्रेम बानियाँलाई भालुले आक्रमण गरी घाइते बनाएको हो।

४ नम्बर प्रदेश प्रहरी कार्यालय पोखराका डिएसपी प्रहरी प्रवक्ता गोबिन्द पुरीका अनुसार घाइते बानियाँलाई उपचारका लागि अस्पताल पठाइएको छ । घटनाको बारेमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

पोखरा लेकसाइडमा युवती करणी गर्ने तनँहुका ४ जना पक्राउ

युवती करणी गर्ने ४ जना पक्राउ परेका छन् ।हाल पोखरा महानगरपालिका वडा नम्बर ४ गणेश टोल बस्ने धादिङकी २२ बर्षीया युवतीलाई होटलमा लगी जबरजस्ती करणी गरेको आरोपमा सोमबार बिहान उनीहरु पक्राउ परेका हुन् ।

करणी आरोपमा तनहुँका राजन गैरे, सरोज श्रेष्ठ, अनील गौतम र राजु नेपाली पक्राउ परेका हुन् । उनीहरुले लेकसाइडस्थित एक होटलमा २२ वर्षीया एक युवतीलाई सोमबार राति करणी गरेको प्रहरीले जनाएको छ ।

सेतीमा डुबेर एकको मृत्यु

तनहुँ- तनहुँको भिमाद नगरपालिकामा पर्ने सेतीमा डुबेर एकको मृत्यु भएको छ। भिमाद–२ मा बस्ने कालिगढ विकको सेतीमा डुबेर मृत्यु भएको हो। प्रहरीका अनुसार पानीमा डुबेका उनलाई स्थानीयले उद्धार गरी अस्पताल पुर्‍याउँदा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

पत्रकार अर्जुन गिरीको रिहाईको माग गर्दै,जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना

पत्रकार अर्जुन गिरीको रिहाईको माग गर्दै तनहुँका सञ्चारकर्मीले मंगलबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन्। नेपाल पत्रकार महासंघ तनहुँको आह्वानमा ४ बजेदेखि पाँच बजेसम्म धर्ना दिएका हुन्। धर्नापछि आयोजित विरोध कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्यले ठगी सम्बन्धि समाचार लेखेको भरमा विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दर्ता गरेर पत्रकार गिरीलाई गिरफ्तार गरिनू निन्दनीय भएको बताए।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार