logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पोखरा नदिपुर प्रदेश भवन अगाडी र लेखनाथ सैनिक वस्तीमा पनि शकास्पद बस्तु भेटियो


  • राजनीति
  • बिहिबार, बैशाख ५ २०७६

पोखरा-पोखराका २ ठाउँमा शंकास्पद बस्तु भेटिएका छन् । पोखराको नदीपुर स्थित प्रदेशसभा भवन नजिकै सडकमा कागजको डल्लो बेरेर राखेको र उक्त बस्तु बम हुन सक्ने प्रहरीको आंशका छ । यतिबेला नेपाली सेनाको बम डिस्पोजल टोली त्यहाँ पुगेको छ ।
यस्तै लेखनाथ स्थित सैनिक बस्तीमा पनि त्यस्तै संकास्पद बस्तु भेटिएको छ । त्यसलाई डिस्पोज गर्नका लागि सेनाको टोली त्यसतर्फ जाँदैछ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आजका लागि नेपाल बन्द घोषणा गरेको थियो । शंकास्पद बस्तुहरु पनि सोही पार्टीले राखेको हुन सक्ने आशंका छ ।

सरकारी दमन र अाफ्ना नेता कार्यकर्ताकाे गैरन्यायिक गिरफ्तारीकाे विराेधमा विप्लव नेतृत्वकाे नेकपाले अायाेजना गरेकाे नेपाल बन्दकाे बिहानै पाेखराकाे जिराेकिमीमा टेपले बेरिएकाे अवस्थामा शंकास्पद बस्तु फेला परेको छ ।अहिले नेपाल प्रहरीले बाट घेरेर सुरक्षा दिईरहेको छ।प्राप्त सुचना अनुसार नेपाली सेनाको डिस्पोजल टोली लाई खवर गरिएको कास्की प्रहरीले जनाएको छ।तस्विर पत्रकार ओ म हमालको फेसबुकबाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार