logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

हेटौँडामा २ गाडीमा आगजनी अनि प्रेसरकुकर बम फेला


  • राजनीति
  • बिहिबार, बैशाख ५ २०७६

हेटौँडा- मकवानपुरमा दुई स्थानमा गाडीमा आगजनी भएकाे छ । थाहा नगरपालिका र भिमफेदी गाउँपालिकामा बिहिबार बिहानै अज्ञात समूहले गाडीमा आगजनी गरेकाे हो ।

जिल्लाकाे उत्तरी क्षेत्र पालुङबाट हेटौँडा तर्फ आउँदै गरेको ना २ च ९०९४ नम्बरको गाडी र भिमफेदी गाउँपालिका– ९ मा तरकारी बोक्ने ना ४ ख ७९०६ नम्बरको गाडीमा आगजनी भएको प्रहरीले जनाएको छ ।

गाडीमा आगजनी गर्ने समूह भने पहिचाहन भइसकेको छैन । आगजनी गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ । आगजनी विप्लब नेकपाले गरेकाे हुन सक्ने प्रहरीकाे अनुमान छ ।

यसै गरी हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३, तिनताप्केमा प्रेसरकुकर बम फेला परेको छ ।

घटनास्थलमा प्रहरी परिचालन भइसकेकाे छ । सेनाको बम डिस्पोजल टोली
यस्तै केहीबेरमै घटनास्थल पुग्ने प्रहरीले जनाएको छ ।

मकवानपुरका अन्य केही स्थानमा समेत शंकास्पद वस्तु भेटिएकाे छ । शंकास्पद वस्तुले सर्वसाधफ्रणमा त्रास फैलाएको छ ।

विप्लव नेकपाले आफ्ना पक्राउ परेका नेता कार्यकर्ताको रिहाइको माग गर्दै बिहिबार नेपाल बन्द आह्वान गरेको हो । विप्लव नेकपाले कलकारखाना, शैक्षिक संस्था, यातायात र व्यापार व्यवसाय सबै बन्द गर्न आह्वान गरेकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार