logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

तनहुँमा बससँग मोटरसाइकल ठोक्किँदा पोखराका एक युवाको ज्यान गयो


  • राजनीति
  • सोमबार, बैशाख ९ २०७६

दमौली – म्याग्दे- १ गुणादीमा मोटराइकल दुर्घटना हुदा चालकको ज्यान गएको छ। दमौलीबाट पोखरातर्फ अौदै गरेको ना ६ ख ८४१० नम्बरको यात्रुवाहक बससँग पोखराबाट दमौली जादै गरेको प्रदेश नं ३ ०२ ००१प ६०३५ नम्बरको मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा चालक कास्की पोखरा महानगरपालिका ३३ निवासी ३१ वर्षका सन्दीप कुँवरको ज्यान गएको हो।

उपचारका लागि दमौली अस्पताल ल्याइएका उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।घटनामा परी मोटरसाइकलको पछाडि सवार पोखरा महानगरपालिका ७ मासबार निवासी २४ वर्षीया सिर्जना रावत घाइते छिन्। चिन्ताजनक अवस्थाकी उनको रत्नहरि अस्पताल दमौलीमा उपचारपश्चात हाल पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार