राजनीति
पोखरा- पञ्चायतकालदेखि नै कम्युनिष्ट राजनीतिमा लागेकी हुन् मकवानपुरकी अध्यक्ष सिग्देल । तत्कालिन मालेको विद्यार्थी संगठन अनेरास्ववियूको जिल्ला अध्यक्ष थिइन् ०४६ को आन्दोलन चल्दै गर्दा उनी जिल्लामा । त्यसै हैसियतमा उनी आन्दोलनमा सक्रिय रहिन्।
मकवानपुरमा आन्दोलनकै क्रममा एकजना प्रहरीको मृत्यु भयो। पक्राउ परेकी मनुमाथि प्रहरी हत्याको संगिन आरोप लाग्यो। उनले आजिवन कारावासको सजायँ पाइन्। तर, आन्दोलन सफल भएपछि जेलबाट रिहा भइनन्। उनीमाथिको मुद्दापनि सरकारले फिर्ता लियो।
३० बर्ष लामो राजनीतिक पृष्ठभूमि रहेकी मनुको पारिवारिक परिचय अझै चर्चित छ। उनी बहुदलकालभरि मकवानपुरबाट निर्वाचित तत्कालिन एमालेका सांसद विरोध खतिवडाकी श्रीमति र मिस नेपाल श्रृङ्खला खतिवडाकी आमा हुन्।
प्रतिनिधि सभाको निर्वाचन (०७४) मा श्रीमान् विरोध फेरि निर्वाचित भए, मकवानपुर– २ बाट। मनु भने प्रदेश सभाका लागि समानुपातिक उम्मेदवारको सूचीमा थिइन्। एमालेको जिल्ला अध्यक्ष रहेकी उनी निर्वाचनपछि प्रदेश सभा सदस्यको छनोटमा पर्न सफल भइन्