logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बालुवाटार प्रकरण : बिष्णु पाैड्याल जाेगाउन अनेक खेल


  • राजनीति
  • आइतबार, बैशाख १५ २०७६

ललितानिवास जग्गा बिबादमा दाेषि देखिएका सत्तारूढ दल नेकपा का महासचिव बिष्णु पाैड्याललाइ जाेगाउन खेल सुरु भएको छ।

भूमाफिया र व्यापारीसँग मिलेर बालुवाटारस्थित ललितानिवासले चर्चेको सरकारी जग्गा हडपेको आरोप लागेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेललाई उन्मुक्ति दिन चलखेल सुरु भएको छ ।

भूमि व्यवस्था, सरकारी तथा गरिबी निवारणमन्त्री पदमा अर्यालको सार्वजनिक कार्यक्रममै पौडेललका छोरा नवीनका नाममा रहेको बालुवाटारस्थित आठ आना जग्गा सरकारले फिर्ता नगर्ने आशयको अभिव्यक्ति दिएपछि भूमाफियाले कब्जा गरेको ललितानिवास परिसरको बाँकी जग्गा पनि सरकारका नाममा आउनेमा आशंका बढेको छ ।

यसबाट ललितानिवासको जग्गा हिनामिनाको छानबिन पनि थप पेचिलो बन्ने देखिएको छ । यो समाचार नागरिकमा प्रकाशित छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार