पोखरा- हावाहुरीसहित परेको भीषण असिना पानीले पोखरासहित आसपासको खाद्य तथा नगदेवालीमा ठूलो क्षति पुर्याएको छ । एक्कासी परेको असिना पानी सहितको हावाहुरीले पोखराको जनजिबन प्रभावित बन्यो।
समय २ बज्दै गरेको थियो।बिहान देखी नै पोखरामा गर्मीले मानिस अतालिएका थिए। पोखराको तापक्रम गुगलमा हेर्दा ३१ डिग्री सेल्सिएस सम्म देखाएको थियो। टनक्क लागेको घाम एक्कासी घाम लाग्दै गर्दा छिटपुट बर्षा पनि भयो। घाम लागेको बेला पानी छिटपुट पर्न थाले पछी मानिसहरु दङ्ग परे “घाम लाग्दा नि पानी परेछ। “असिना पानी पर्दा आकाश कालो हुने मान्यता छ तर एक्कासी केहि सोच्न नपाउदै आकाश कालो हुदै पोखरा अध्यारो भए पछी असिना पानी पर्यो। बर्षा सङ्गै परेको असिनापानी अनि हावा हुरीले गन्तव्य तर्फ हिडेका यात्रीहरु बाटैमा अलपत्र परे।
पोखराको मुख्य चोक महेन्द्रपुल लखन चोक हरु जलमग्न नै भएको थियो।लगातार घण्टौ सम्म परेको असिना पानीले पोखराका केही क्षेत्रहरुमा पानीको ढल नै बग्यो।