logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

विप्लवकाे बिधार्थि संगठनद्वारा जेठ ५ गते शैक्षिक हडताल


  • राजनीति
  • शनिबार, बैशाख २८ २०७६

विप्लव निकट अखिल (क्रान्तिकारी )संगठन का अध्यक्ष ढकालकाे रिहाइ काे माग गर्दै यहि जेठ ५ गते शैक्षिक हड्ताल काे कार्यक्रम सार्वजनिक गरेकाे छ।

शुक्रबार अनामनगर स्थित ११बिधार्थी संगठन काे एक कार्यक्रम सहभागी ढकाललाई प्रहरीले गिरफ्तार गरेकाे थियाे ।

यस्तै छ बिज्ञप्ती

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरञ्जिबी ढकाललाई प्रहरीले गिरफ्तार गरेको छ ।

आज शुक्रबार अनामनगरस्थित युनियन हाउसमा आयोजित एक कार्यक्रमबाट ढकाललाई प्रहरीले गिरफ्तार गरेको हो ।

युनियन हाउसमा ११ विद्यार्थी संगठनको संयुक्त कार्यक्रम थियो ।

यो पनि पढ्नुहोस

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका निकट युवा संगठनका जिल्ला अध्यक्ष डिल्लीराज शर्मालाई पक्राउ परेका छन्।

रुकुम पश्चिम स्थित चौरजहारी नगरपालिका–५ सल्लाबोटबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट युवा संगठनका जिल्ला अध्यक्ष डिल्लीराज शर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

शर्मालाई पक्राउ गर्ने क्रममा एक जना प्रहरी घाइते समेत भएको जिल्लाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिएकाछन ।

पक्राउ गर्ने क्रममा शर्मा भाग्न खोज्दा प्रहरीले दुई राउन्ड हवाई फायरसमेत गरेको थियो।

अखिल क्रान्तिकारीले काठमाडौमा निकलेको मसाल जुलुस

सत्तारुढ दलको भातृसंगठनमा भागबन्डा कुन पक्षलाइ कुन पर्यो

वर्तमान सरकारको नेतृत्वकर्ता दल नेकपाका भित्रका भातृ संगठन मध्य चारको नेतृत्वको भागबन्डामा सहमति जुटेको छ । कुल २४ वटा जनवर्गीय संगठनमध्ये प्रमुख चारवटा संगठनको भागबन्डा मिलेको हो ।

खास गरी युवा, विद्यार्थी, महिला र मजदुरको भागबन्डा मिलेको नेकपाका नेताहरुले बताएका छन् । चारवटा संगठनमध्ये पूर्वमाओवादीको भागमा युवा परेको नेकपा स्रोतले बतायो । महिला, विद्यार्थी र मजदुर संगठन पूर्वएमाले आफ्नो भागमा राखेको छ ।

स्थायी सरकार मानिने कर्मचारी संगठन पूर्वएमालेको भागमा परेको छ । पेसागत संगठन र प्रवास कमिटी पूर्वमाओवादीको भागमा परेको छ ।

सत्तारुरुढ दल नेकपा सचिवालयले नेताहरुको कार्यविभाजन पोलिटब्युराे सदस्यको नामावली र जनवर्गीय संगठनको भागबन्डासमेत टुंगो लगाएको छ । नेकपाले सबै जनवर्गीय संगठनको एकताको घोषणा आगामी ३ जेठमा गर्ने जनाएको छ ।

एमाले र माओवादी केन्द्रकि पार्टी एकता पनि गत वर्ष ३ जेठमा घोषणा भएको थियो । ३ जेठ २०५१ मा तत्कालीन एमाले महासचिव मदन भण्डारीको चितवनको दासढुंगामा रहस्यमय हत्या भएको थियो ।

पूर्वएमालेले हरेक वर्ष ३ जेठमा मदन भण्डारी स्मृति दिवस मनाउँदै आएको थियो । अहिले पार्टी एकतापछि नेकपाले पनि मनाउनेछ । उक्त दिन जनवर्गीय संगठनको एकता घोषणा हुने बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार