logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

रोनाल्डोको नयाँ कार जसको मुल्यमा एउटा शहर किन्न सकिन्छ


  • एजेन्सी
  • आइतबार, बैशाख २९ २०७६

युभेन्ट्सका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले गत साता विश्वकै सबैभन्दा महँगो गाडी किनेका छन् । रोनाल्डोले विश्वभर एक थान मात्र बनेको बुगाटी ला भोइचर नामक गाडी ९.५ मिलियन पाउण्डमा खरिद गरेका हुन् । फ्रान्सेली कार कम्पनी बुगाटीले आफ्नो कम्पनीको १ सय १० औं वार्षिकोत्सवको अवसरमा उक्त कार निर्माण गरेको थियो । कार जेनेभा मोटर सो २०१९ मा पनि प्रदर्शनीका लागि राखिएको थियो । ८ लिटर टर्बोचार्ज डब्लू–१६ इन्जिन रहेको कार २ सय ६० माइल प्रतिघण्टाको गतिमा कुद्ने क्षमता राख्दछ ।

यसको नेपाली मूल्य १ अर्ब ३८ करोड नेपाली रुपैयाँ पर्न आउँछ । रोनाल्डोले सन् २०२१ मा मात्र उक्त गाडी पाउनेछन् । कारको भित्रि भागमा अन्तिम निर्माण कार्य अझै बाँकी रहेको कम्पनीले जनाएको छ ।

उक्त गाडी यसै वर्षको सुरुवातमा सम्पन्न जेनेभा मोटर शो मा पहिलो पटक प्रदर्शन गरिएको थियो । मूल्यवान कारका सौखिन रोनाल्डोले यसअघि मर्सिडीज सी क्लास स्पोर्ट कुप, रोल्स रोएस फेन्टम, उज्न फेरारी ५९९ जीटीओ, लाम्बोर्जिनी एभेनटेडर एलपी ७००–४, एस्टोन मार्टिन डीबी ९, मेकलरेन एमपी १२ सी र बेन्ट्ले कन्टिनेन्टल जीटीसी स्पीड जस्ता मूल्यवान गाडीहरु खरिद गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार