logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

क्रिकेटर सन्दीप लामिछाने रहेको विमान २ घण्टा आकाशमै होल्ड,दश फन्को मारे आखिर किन ?


  • राजनीति
  • आइतबार, बैशाख २९ २०७६

पोखरा- आइपीएल खेलेर नेपाल फर्केका क्रिकेटर सन्दीप लामिछाने रहेको विमानले आज आकाशमा दश फन्को मारेको छ। विमानले काठमाडौंको आकाशमा लगातार फन्को मार्दा आफ्नो सातो गएको लामिछानेले बताए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामिछानेले भने, ‘दश राउन्ड प्लेन आकाशमा घुम्दा मेरो त सातो गयो। यस्तो कसैलाई नहोस।’

आइपीएल २०१९ मा ६ खेल खेल्दै ८ विकेट लिएका नेपाली युवा स्टार लामिछानी आइतबार एअर इन्डियाको फ्लाइटमार्फत २:३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने तालिका थियो। खराब मौसमका कारण विमान करिब २ घन्टा आकाशमा फन्को मार्दै उडेको थियो।

गत वर्ष तीन खेल खेलेका सन्दीपले यसपटक ६ खेल खेल्न पाउनुलाई राम्रो मौका भएको बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार