राजनीति
पोखरा –प्रदेशभरी रहेका इलाका प्रहरी कार्यालय र प्रहरी चौकीका लागि गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मोटरसाइकल उपलब्ध गराउने भएको छ । बिहीबार साँझ बसेको मन्त्रीपरिषद्को बैठकले उक्त मन्त्रालयद्वारा प्रहरी कार्यालयहरुमा विनियोजित १ करोड बजेटमध्ये ९२ लाख रुपैयाँ प्रहरीलाई मोटरसाइकल खरिदका लािग सहयोग गर्ने निर्णय गरेको हो ।
प्रदेशका ११ जिल्लामा २ सय ६८ वटा प्रहरी इकाई छन् ।
प्रदेशको शान्ति सुरक्षा प्रभावकारी बनाउन भन्दै क्याबिनेटमा आन्तरिक मामिला मन्त्री हरिबहादुर चुमानले प्रस्ताव पेस गरेका थिए । प्रदेशकै सुरक्षार्थ खटिएका प्रहरीलाई दैनिक कार्यसम्पादनमा सघाउ पु¥याउन मोटरसाइकल खरिद गर्ने प्रस्ताव गरेको उनले जानकारी दिए ।