logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

पाइप बम बनाउँदा-बनाउँदै पड्किदा २ घाइते


  • राजनीति
  • सोमबार, जेष्ठ ६ २०७६

पर्वतमा बनाउँदै गरेको पाइप बम विस्फोट हुँदा २ जना घाइते भएका छन् । घाइतेमध्ये १ को अवस्था गम्भीर छ ।

जिल्लाको बिहादी गाउँपालिका–६, शालीग्राममा आइतबार साँझ बनाउँदै गरेको पाइप बम विस्फोट हुँदा २७ वर्षीय छविलाल घर्ती र समीर राना घाइते भएका भएका छन् । घाइतेमध्ये घर्तीकाे अवस्था गम्भीर छ ।

पर्वतका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजन रायमाझीले घर्तीले माछा मार्ने प्रयोजनका लागि सलाइको काँटी भरेर पाइप बम बनाउँदै गर्दा आइतबार साँझ विस्फोट भएको जानकारी दिए ।

विस्फोटबाट गम्भीर घाइते घर्तीको अहिले पाल्पा मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घर्तीले बनाएको बम विस्फोट हुँदा नजिकै रहेका १६ वर्षीया किशोर समीरा राना घाइते भएका छन् । प्रहरीका अनुसार उनको अवस्था मध्यम छ । घाइते रानाको अहिले गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार