logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

नेपाली फुटबल टिमको घोषणा : भरत र विमल आउट


  • राजनीति
  • सोमबार, जेष्ठ ६ २०७६

पोखरा- मलेसिया र चाइनिज ताइपेइ विरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टिमको घोषणा भएको छ ।नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक योहान कालिनले सोमबार बेलुकी २३ सदस्यीय टिमको टुंगो लगाएका हुन् ।

नेपाली टीममा पहिलो पटक अभिषेक रिजालले स्थान बनाएका छन् । विंगर मिडफिल्डर अभिषेक मनाङ मस्र्याङ्दी क्लबबाट व्यवसायिक फुटबल खेलिरहेका १९ वर्षीय खेलाडी हुन् । त्यस्तै, पुराना अनुभवी खेलाडी जगजित श्रेष्ठ भने टिममा परेका छैनन् । उनी राष्ट्रिय टीमबाट फुटबल खेल्नकै लागि अष्ट्रेलियाबाट नेपाल आएका थिए ।

यो पटकको फरवार्ड लाइनमा दुई जना चर्चित अनुहार नहुने भएको छ । आर्मीका कप्तान भरत खवास, हेमन गुरुङ र विमल घर्तीमगर टिममा छैनन् । उनीहरु चोटका कारण टीममा पर्न असफल भएका अखिल नेपाल फुटबल संघ (एन्फा)ले जानकारी दिएको छ ।

नेपालले जुन २ तारिखमा मलेसियासँग उसैको भूमिमा खेल्दैछ भने जुन ६ तारिखमा चाइनिज ताइपेइसँग खेल्दैछ ।

नेपाली फुटबल टिम

गोलकिपर : किरण चेम्जोङ, एलन न्यौपाने, विकेश कुथु

डिफेन्स : विराज महर्जन (कप्तान), सरोज दाहाल, रन्जित धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देवेन्द्र तामाङ, रवि सिलवाल

मिडफिल्डफरवार्ड : सुनिल बल, रवि पासवान, सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, तेज तामाङ, विमल राना, नवयुग श्रेष्ठ, अभिषेक रिजाल र अञ्जन विष्ट ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार