अस्ती काटिदा क्रान्ति
आज ढाटिदा क्रान्ति
हिजो घरबारी क्रान्ति
आज दरवारी क्रान्ति
हिजो भोकमा क्रान्ति
आज झोकमा क्रान्ति
हिजो गाउमा क्रान्ति
आज दाउमा क्रान्ति
हिजो मोर्चामा क्रान्ति
आज मंचमा क्रान्ति
हिजो धावा बोल्दा क्रान्ति
आज हावा बोल्दा क्रान्ति
हिजो किल्लामा क्रान्ति
आज चिल्लामा क्रान्ति
हिजो बस्तिमा क्रान्ति
आज मस्तिमा क्रान्ति
हिजो बन्दुकमा क्रान्ति
आज सन्दुकमा क्रान्ति
हिजो जनको क्रान्ती
आज धनको क्रान्ति
हिजो पानीको क्रान्ति
आज जवानीको क्रान्ति
हिजो लालमा क्रान्ति
आज द लालमा क्रान्ति
हिजो ढुंगामा क्रान्ती
आज जुँगामा क्रान्ति
हिजो पेटलाइ क्रान्ति
आज भेटलाइ क्रान्ति
हिजो कासनमा क्रान्ति
आज भाषणमा क्रान्ति
हिजो जनवादमा क्रान्ति
आज धनवादमा क्रान्ति
हिजो जाने क्रान्ति
आज खाने क्रान्ति
हिजो आटको क्रान्ति
आज ढाट्को क्रान्ति
हिजो बिचारको क्रान्ति
आज बिमारको क्रान्ति
हिजो कामरेडमा क्रान्ति
आज दाम रेट्मा क्रान्ति
हिजो चेतले क्रान्ति
आज खेतले क्रान्ति
हिजो जोगाउदा क्रान्ति
आज ढोगाउदा क्रान्ति
हिजो खारामा क्रान्ती
आज नारामा क्रान्ति
हिजो फर्मेशनमा क्रान्ति
आज फर्माइसमा क्रान्ति
हिजो ढल्दा कान्ति
आज फल्दा क्रान्ति
हिजो जित्दा क्रान्ति
आज घिच्दा क्रान्ति
हिजो मैलोमा क्रान्ति
आज थैलोमा क्रान्ती
हिजो न्याय माग्दा कमरेड
आज गोली दाग्दा कुशल
मथिङ्गल प्रश्नको भरिया
हेड सरको कोट हेर्छु
रम्तेलकी आमा सम्झिन्छु
बेनोजको बुवा खोज्छु
वासुका बासना खोस्रीन्छु
कैयौं बा चिन्न नपाएका
कैयौं सिउदो सकाएकाहरुको
के हुन्छ कमरेड ?
कमरेडको प्रतिउत्तर
आफुले त स्कुल फेरियो
कक्षा पनि फड्कियो
स्विमिङ्ग पुल छ
बगैंचामा फुलै फुलछ
घोड चढी पनि छ
अरु बढी पनि छ
फेहरिस्त सुन्दै थिए
फोनमा कसैले ‘राजु’ सुनायो
जिउ जिरिङ्ग
आखामा आगो बल्यो
अनि बानेश्वर तिर फर्केर
चिच्याएर भन्ने
बदलिए छ क्रान्ति
बधाइ छ बादल दाइ !