logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

जेठ १२ मा व’मले मा’रिएका देशका २ दुई युवा ‘प्रज्वल र दिपेन्द्र’ को हुन ?


  • राजनीति
  • सोमबार, जेष्ठ १३ २०७६

भाेजपुरमा प्रहरीले ह’त्या गरिएका तिर्थ घिमिरे ‘राजु’ ह’त्याकाे बिराेधमा नेकपाद्वारा आयाेजना गरिएकाे नेपाल बन्दका क्रममा १२ गते राजधानी मा अप्रत्याशित घ’टनाहरु घटे ।

नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आयाेजना गरेकाे बन्दकाे पुर्वसंन्ध्यामा काठमाडौं काे सुकेधारा र अनामनगरमा दुई शक्तिशाली ब’म बि’स्पाेट भए । उक्त बि’स्पाेटबाट मानबिय क्षति अर्थात ४ जनाको मृ’त्यु भएको छ । अहिले सम्म दुइ जनाको मात्र पहिचान खुलेको छ । सुकेधाराको बिस्फोटमा घा’इते भएर उपचारको क्रममा मृ’त्यु भएका दि’पेन्द्र बिश्वकर्मा हुन ।

प्रहरीले अनुसन्धान गरिरहदा घा’इते चार जना र मृ’त्यु हुनेमा दुई जनाकाे पहिचान भएकाे छ । उक्त बि’स्पाेटमा परि बझाङ घर भएका अखिल (क्रा’न्तिकारी ) का केन्द्रीय सदस्य प्रज्वल शाही र कालिकाेट मुम्रा घर भएका युवा संगठन का दिपेन्द्र बिश्वकर्माकाे नि’धन भएकाे छ । घा’इते हुनेहरुमा रबिन केसी रुकुम सुरेन्द्र महर्जन काठमाडौं हरि खडका काभ्रे छाेटे ठाकुर काे पहिचान भइसकेकाे छ ।

को हुन प्रज्जवल शाही ?

दिवगंत प्रज्ज्वल शाहीका बझाङबाट उच्च शिक्षा अध्ययनका लागि काठमाडौं छिरेका थिए। उनले २ जना साना साना भाइहरु दिवस, विवस र एक बहिनीलाई पनि काठमाडौंमै पढाउन ल्याएका थिए । सिटिइभीटी बाट सम्बन्धन प्राप्त ओम समाज कलेज बाट फार्मेसी सकाएका थिए । उनि कलेज पढ्दा देखी नै बिद्यार्थी राजनीतिमा सक्रिय थिए । पढाइ सकेर केही समय मेडिकल पसल सञ्चालन गरेका उनीमा राजनीति लाइ बुझ्ने र प्रयोग गर्ने कला भरपुर देखिन्थ्यो । तल्लो तह बाट राजनीति सुरु गरेका शाहि अखिल क्रा’न्तिकारीका केन्द्रीय सदस्य थिए।
गोरो र उज्यालो अनुहारका प्रज्वल नाम जस्तै उज्याला र हसिला थिए । सबै सग घुलमिल भैहाल्ने स्वाभावका शाहिको मृ’त्युले धेरै मानिसको मन रु’वाएको छ ।

को हुन दिपेन्द्र बिश्वकर्मा ?

हसिलो अनुहार कम बोल्ने भद्र स्वभावका अति मिलनसार दिपेन्द्र बिश्वकर्मा जेठ १२ गतेको सुकेधारा काठमाडौंमा ब’म बि’स्पोटमा मा’रिए । कालिकोट जिल्ला सान्नि त्रिबेणि गाउपालिका घर भएका दिपेन्द्र बिबाहित भएको बताइएको छ । उनि लामो समय देखी क्रा’न्तिकारी आन्दोलनमा सहभागी भएका थिए । उनि पछिल्लो समय नेकपाको युवा मोर्चामा कार्यरत रहेको स्रोतको भनाइ छ । प्राय सबै सग मिल्ने स्वभावका दिपेन्द्रको मृ’त्युले कालिकोट मात्र होइन देश नै स्तब्ध भएको जस्तो अनुभुत भएको उनका साथीहरू बताउछन ।

जे जस्तो सुकैको नाममा भए पनि मुलुकमा कुनै युवाहरुले अन्या’यमा पर्नु नपरोस र अकालमा मृ’त्युवरण गर्न नपरोस । यस तर्फ संबंधित पक्षको ध्यान जाओस ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार