logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

ओली प्रचण्ड बैठक : ७७ जिल्ला इन्चार्जमा यस्ताे छ सहमति


  • राजनीति
  • मंगलबार, जेष्ठ २१ २०७६

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच ७७ जिल्ला इन्चार्जमा सहमति जुटेको छ । हिजो बालुवाटारमा भएको छलफलमा जिल्ला इन्चार्ज र सह इन्चार्ज टुंग्याउने सहमति भएको हो ।

मंगलबार बस्ने सचिवालय बैठकले यो विषयलाई अनुमोदन गर्ने जनाइएको छ भने अन्य शीर्ष नेताको कार्यविभाजन बारे पनि छलफल हुनेछ । सचिवालय बैठकमा माधव नेपालको सहमति लिएर मात्र यो विषय टुंग्याउने तयारी गरिएको छ ।

ओली र प्रचण्डसँगको छलफलमा पूर्वएमालेबाट महासचिव विष्णु पौडेल र पूर्वमाओवादीबाट गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापा बादल सहभागी थिए । मंगलबार दिउँसो ३ बजे सचिवालय बैठक बस्दैछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार