logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

स्याङ्जाको अर्जुन चौपारीमा दाना खाएको केही मिनटमै १० बाख्रा मरे


  • राजनीति
  • शनिबार, जेष्ठ २५ २०७६

पोखरा- दाना खाएको केही मिनटमै १० वटा बाख्रा मरेका छन् । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका ३ सोता निवासी भूमिदत्त काफ्लेका ९ वटा र छिमेकी देवी काफ्लेको एउटा पाठोको शुक्रबार मृत्यु भएको हो । भवानी अधिकारीले अन्नपुर्ण पोष्टमा लेखेका छन।

बाख्रा पालक भुमिदत्त काफ्लेको ९ माउ बाख्रा र देवी काफ्लेको खोरबाट फुत्केर आएको एउटा पाठो दाना खाएको केही मिनटमै ढलेका थिए ।

‘बिहान दाना खुवाएर चरनमा लाने तयारीमा थिए । बिहान २ पटक दाना खाएका थिए । पछिल्लो पटक दाना खाएका ९ माउहरु ५ मिनेट जतिमै मरे ।’ बाख्रापालक काफ्लेले भने ‘झण्डै एक लाख ५० हजारको क्षति भयो ।’ पशु प्राविधिकले स्थलगत निरीक्षण एवं अनुसन्धान सुरु गरेको वडा अध्यक्ष राजकुमार घलेले जानकारी दिए ।

पशु प्राविधिकले दानामा शंका गरेका छन् । तर, काफ्ले परिवारले भने केही दिनदेखि सोही दाना भैँसीलाई पनि खुवाउदै आएको जनाए । काफ्लेको भैसीको अवस्था भने सामान्य छ । न्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार