logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

उत्तर कोरियाली शाशक किमले पिरान्हा माछाको ट्यांकभित्र थुनेर सेनाको हत्या !


  • एजेन्सी
  • सोमबार, जेष्ठ २७ २०७६

उत्तर कोरियाली नेता किम जोङ उनले आफ्ना एक सैन्य अधिकारीलाई पिरान्हा माछाको ट्यांकभित्र थुनेर हत्या गरेको भन्दै अन्तराष्ट्रिय समचार माध्यमले लेखेका छन।

विश्वमा एक आक्रमक माछाको रुपमा चिनिन्छ पिरान्हा माछा । यसको दात निकै तिखो हुन्छ। यसको टोकाइबाट गहिरो चोट लाग्ने बताइन्छ।

डेली स्टारका अनुसार किमविरुद्ध षड्यन्त्र रचेर देशमा सैन्य कु गर्ने योजना बनाएको आरोप ती सैन्य अधिकारीलाई लागेको थियो।

जब किमले यसबारे थाहा पाए उनले ती सेनालाई ब्राजिलबाट ल्याएको संयौं पिरान्हा माछाको ट्यांकभित्र थुनिदिए।

ट्यांकभित्र फाल्नु अगाडि किमका सहयोगीले ती सेनालाई घाइते बनाएका थिए। पछि माछाले उनको शरीरलाई खाएको बताइएको छ।

डेली स्टारका अनुसार किम सन् १९६५मा प्रदर्शन भएको जेम्स बोन्डको चलचित्र ‘यु अन्ली लिभ ट्वाइस’ चलचित्रबाट प्रभावित भएका हुन्।

त्यस चलचित्रमा समेत खलनायकको घरमा पिरान्हा माछाले भरिएको स्विमिङ पुल हुन्छ। जसलाई उनले हत्या गर्न प्रयोग गरेका हुन्छन्। एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार