logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पोखरा रंगशाला अगाडी भ्यानले स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक चौलागाइको मृत्यु


  • राजनीति
  • मंगलबार, जेष्ठ २८ २०७६

sabin pic sabin pic

पोखरा- रंगशाला अगाडीको सडकमा तरकारी वोक्ने भ्यानले स्कुटरलाई ठक्कर दिदा स्कुटर चालकको मृत्यु भएको छ । पृथ्बीचोक देखि अम्मरसिंचोक तर्फ जादै गरेको बा १४ च ५८१२ नम्बरको तरकारी वोक्ने भ्यानले सोही दिशा तर्फ जार्दै गरेको ग ८ प १९१४ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक कृष्ण प्रसाद चौलागाइको मुत्यु भएको हो । २० बर्षीय कृष्ण प्रसाद चौलागाइ काभ्रे जिल्ला घर भइ हाल पोखरामा मजदुरी गर्दै आएका ठिए

सडकमा भएको दुर्घटना पश्चात उपचारको लागि पोखरा हस्पिटल पुराएसंगै चिकित्सकले चौलागाइलाई मृत घोषणा गरेका थिए ।

दुर्घटना पश्चात भाग्न खोजेका भ्यान चालक नवलपरासिका ४० बर्षीय कृष्ण सुवेदीलाई स्थानीयले समातेपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतक चौलागाइको शव पोष्टमाटमको लागि पोखरा स्वास्थ्य विज्ञान पतिष्ठानमा लगिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार