राजनीति
Blood donation, blood transfusion, check specified, fasting, health care with a bouncy ball holding in hand at hospital
१. विश्वभर बर्सेनि करिब १ अर्ब १२ करोड युनिट रगत रक्तदानमार्फत् संकलन हुन्छ।
२. अमेरिकामा बर्सेनि १ करोड ३६लाख युनिट होल ब्लड र रेड ब्लड सेल संकलन हुन्छन् ।
३. विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा प्रत्येक वर्ष २० लाख युनिट रगत अभाव हुन्छ र भारतमा कुल जनसंख्याको १ प्रतिशतलेमात्र रक्तदान गर्छन्।
४. अमेरिकामा हरेक दिन रेड ब्लड सेल ३६हजार युनिट, प्लेटलेट ७ हजार युनिट र प्लाज्मा ७ हजार युनिट आवश्यक पर्छ।
५. मानिसको सबैभन्दा पहिले पत्ता लागेको रक्त समुह ए, बी, एबी र ओ थियो, जसलाई डा. कार्ल ल्यान्डस्टीनरले सन् १९०१ मा पत्ता लगाएका थिए।
६. एबी पोजिटिभ रक्तसमुहलाई युनिभर्सल प्रापक मानिछ। यो समुहमा मानिसले कुनै पनि रक्तसमुहको रगत लिन सक्छन्। ओ नेगेटेभिलाई भने युुनिभर्सल डोनर मानिन्छ। यो समुहको रगत भएको मानिसले कुनै पनि रक्त समुहका मानिसका लागि रगत दिन सक्छन्।
७. झिकिएको प्लेटलेट ५ दिनभित्र र रेड ब्लड सेलहरु भने ४२ दिनभित्र प्रयोग गरिसक्नुपर्छ।
८. प्लाज्मा र क्राइओप्रीसीपिटेटेलाई चिसो अवस्थामा संकलन गरेर एक वर्षसम्म प्रयोगगर्न सकिन्छ।
९. संकलन गरिएका सबै रगतको एचआइभी, हेपाटाइटिस बी, हेपाटाइटिस सी सिफलिसको परीक्षण गरिन्छ।
१०. रगतलाई विभिन्न खालका शल्यक्रियामा प्रयोग गरिन्छ। न्युन आय भएका देशमा प्रसुतिका बेला, बालबालिकालाई हुने मलेरिया, दुर्घटनाहरुमा रगत प्रयोग गरिन्छ।
११. अमेरिकामा हरेक वर्ष १ हजार शिशुहरु रगतसम्बन्धी सिकलसेल एनिमियाबाट प्रभावित भएर जन्मन्छन्। तिनीहरुलाई जीवनकाल भरि नै रगत दिनुपर्ने हुन्छ।
१२. ४७ प्रतिशत रक्तदान धनी देशबाट संकलन हुन्छ ।