logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

फेरिए प्रहरी प्रमुखः कुन प्रदेशमा को ?


  • पत्रपत्रिका
  • आइतबार, असार १ २०७६

गृह मन्त्रालयले सातवटै प्रदेशका प्रहरी प्रमुख पविर्तन गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट गृहले १९ पहरी नायब महानिरीक्षक (डीआईजी) सुरुवा गरेको छ ।

गृहद्वारा जारी सूचीअनुसार प्रदेश १ मा ठाकुर ज्ञवाली, प्रदेश २ मा प्रद्युम्न कार्की, प्रदेश ३ मा शेरबहादुर बस्नेत, गण्डकीमा विनोद घिमिरे, प्रदेश ५ मा सुरेशविक्रम शाह, कर्णालीमा पूर्णचन्द जोशी, र सुदुरपश्चिम प्रदेशमा तारिणी लम्साललाई सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यलयको योजना अन्वेषण निर्देशनालयमा केदार रिजाल, भरतपुर तालिम केन्दूमा हरिभक्त प्रजापति, विशेष ब्इुरोमा हरिबहादुर पाल, अख्तियारमा कमल जीटी र महिला, बालबालिका सेवा निर्देशनालयमा पीताम्बर अधिकारीलाई लगिएको छ ।

दानसिंह बोहरालाई प्रहरी प्रशिक्षण प्रतिष्ठान, दीपकुमार थापालाई राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय, विश्वराज पोखरेललाई प्रहरी महानिरीक्षकको निर्देशनालय, महेन्द्रकुमार पोखरेललाई पूहरी प्रधान कार्यलयको वृत्तिविकास निर्देशनालय, महेशविक्रम शाहलाई राष्ट्रिय सुरक्षा परिषद सचिवालय, सुरज केसीलाई प्रहरी प्रधान कार्यलयको सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय र सूर्यप्रसाद उपाध्यायलाई महानगरीय विमानस्थल सुरक्षा पूहरी कार्यालय, गौचरमा सारिएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार