logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

मिडिया काउन्सिल विधेयक: प्रेस स्वतन्त्रताको पक्षमा पोखरामा हस्ताक्षर संकलन अभियान


  • आश तमु
  • मंगलबार, असार ३ २०७६

पोखरा –नेपाल पत्रकार महासंघ कास्कीले संसदमा दर्ता मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै मङगलबारबाट प्रेस स्वतन्त्रताको पक्षमा हस्ताक्षर संकलन अभियान थालेको छ ।

मिडिया काउन्सिल विधेयकमा भएका प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रावधानहरु अविलम्ब फिर्ता लिन माग राख्दै महासंघले उठाएका मागप्रति गम्भीर नभएपछि महासंघले तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।

असार ३ गतेदेखि ५ गतेसम्म संकलन गरिएका हस्ताक्षरलाई जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई बुझाउने कार्यक्रम छ ।

महासंघले प्रेस स्वतन्त्रताको पक्षमा सञ्चालित अभियानमा सक्रिय सहभागिता जनाउन आमसञ्चारकर्मी, सञ्चारसम्बद्ध संघ–संगठन, सञ्चारमाध्यम, विभिन्न पेशाकर्मीहरु, राजनीतिक दल, नागरिक समाज, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुलाई आहृवान गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार