logo सोमबार, कार्तिक २४ २०८३ | Monday 9th November 2026

वर्ग दृष्टिकोण बिना मुद्दा फेरिदैन र मुक्ति हुदैन : नरबहादुर कार्की


  • राजनीति
  • बिहिबार, असार ५ २०७६

बिश्व बिख्यात जीवन प्रशिक्षक तथा बिद्रोही विप्लव नेतृत्वको नेकपा का युवा नेता नर बहादुर कार्कीले नेपाली जनता आधारभुत बर्गका समस्या र माग जस्ताकाे त्यस्तै रहेकाे भन्दै गणतन्त्र मा लुटेराहरुकाे शासन चलेको बताएका छन् ।

उनले पछिल्लो समय अन्तर्राष्ट्रिय एजेन्डहरु मार्फत नेपाली जनताका मागहरु विखण्डित भइरहेको दावी गरेका छन् ।सबै मिलेर बिद्रोह गर्दा पुरानाे सत्ताका सामाजिक आर्थिक र राजनीति सत्ता ढल्ने भएकाले दलालहरु मार्फत मालिकहरुले यस्तो गर्ने गरेकाे दावी गरेका छन् ।

स्पष्ट बर्गिय दृष्टिकोण र कार्यदिशा नभइ कतै पुग्न नसकिने भन्दै पश्चिमा हरुले विभिन्न नारा दियर नेपाली जनता भड्काउने गरेकोले समेत दावी गरेका छन्।

यस्तो छ उनकाे स्टाटस

आधारभुत रुपमा मुद्दाहरु उस्ताको उस्तै छन, महिला, बिपन्न, अल्पसन्ख्यक, जनजाती, दलित, मजदुर सबैका मुद्दा उस्तै छन । यि सबै मिलेर बिद्रोह’ गर्दा परम्परागत ‘सामाजिक आर्थिक र राजनीतिक सत्ता ढल्ने भएकोले- राष्ट्रिय अन्तरराष्ट्रिय दलालहरु आफ्नो एजेण्ट मार्फत मुद्दाहरु ‘माग’को रुपमा खण्डित गरी दिन्छन । महिला एकातिर एन्जिओ खोल्छन, दलित अर्कोतिर आयोग बनाउछन, आदिवासी छुट्टै समुह बनाउछन, श्रमिकहरु युनियनमा भरोसा- गर्छन् ।

एक्लो हुँदा उनिहरुलाई आफु सानो र सत्ता ठुलो देख्ने लघुताभास हुन्छ । संघर्ष गर्ने भन्दा दया र कृपाको याचना गर्न थाल्दछन । मानवतावादी र अधिकारवादी कोठा कार्यालय धाउदा धाउदै उनिहरु थाक्छन्, बिक्छन, असम्भव र असार देख्छन । २-४ जना तिनिहरु लाई जहाज चढाइदियो, जिउमा कोट झुण्ड्याइदियो, बस झमेला ब्यवसाय बन्छ I पहिचान संघर्षशिल ब्यवसाय देखिन्छ । तर सारमा भन्दा उनिहरुलाई एक्ल्याएर झन बढी ‘उनिहरु’ मात्र बनाइदियो ।

यो बुझ्न जरुरी छ कि राउटेलाई कोट लगाइदिएको बेला काठमाण्डौको नेवार समुदाय बोल्न जरुरी छ, महिलालाई र**डि भनेको बेला दलित पनि आन्दोलित हुनु पर्छ, मजदुर माथि खाडीमा शोषण हुँदा बाल्टिमोर सिडनिका नेपाली आन्दोलित हुनु पर्छ । किन? किनकी हामी हाम्रो देश आधारभुत रुपमा न्यायिक, समानता र सम्ब्रिद्द भएको देख्न चाहन्छौ । हामी हाम्रा मुद्दा भाडामा दिएर बिदेशका सडकमा बिक्री भएको देख्न चाहदैनौ । हामी मानवतावादी वा अधिकारवादी प्रयोगमा आफ्नो हकको जिन्दगी ‘दया, कृपा र कल्याणको’ बिषय बनेको देख्न चाहदैनौ ।

महिला अगुवाहरुलाई मेरो प्रश्न छ- किन हामी महिनावारी बारे आज दाता खोज्नुपर्ने युगमा छौ ? किन निर्मलाको हत्या अनुत्तरित छ? किन सार्वजनिक भाषाणमा र**डि भनेको सुन्दै हुनुहुन्छ? तपाईंले सुन्नै पर्छ किनकी तपाईंहरु ले महिलाका मुद्दा सामुहिक मुक्तिको संघर्ष बाट एक्ल्याउनु भएको छ । एउटा सर्वहारा टुल्बिर ‘गढ्वाल’ गएर बेपत्ता भएकोमा तपाईंलाई वास्ता हुन छोड्यो भने तपाईं महिलाको कित्तामा परीचित हुनुहोला तर मुक्ती हुँदैन । तपाईंले पदमा पुगेको मान्छेको पक्षधरता पेन्ट र सारीले होइन चरित्र र बर्ग दृष्‍टिकोणबाट गर्न जरुरी छ । बर्ग दृष्‍टिकोण बिना मुद्दा जमिनी रुपमा रुपान्तरण हुँदैनन ।

हामीलाई राज गर्न सजिलो होस भनेर खण्डित गरिएको छ । हाम्रा मुद्दाको एकिक्रित कारण र निवारण सोचेनौ भने, हामी रहदैनौ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार