logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

काठमाडौंमा हल्का वर्षा (फोटोफिचर)


  • राजनीति
  • बुधबार, माघ १५ २०८२

काठमाडौं । काठमाडौं उपत्यकामा हल्का वर्षा भएको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाडौंसहित देशभरका विभिन्न स्थानमा मौसममा बदली आउनुका साथै वर्षा सुरु भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमीन्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसले गर्दा मौसममा यो परिवर्तन देखिएको हो ।

महाशाखाले जारी गरेको बुलेटिन अनुसार यस प्रणालीको प्रभावले देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना रहेको छ।

विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। त्यस्तै, बागमती प्रदेशसहित मधेस र कोशी प्रदेशका पहाडी भागका केही स्थान र कोशी प्रदेशको तराईका एक-दुई स्थानमा हल्का वर्षा हुने पूर्वानुमान गरिएको छ।

आज राति भने देशका पहाडी र हिमाली भागमा आंशिक बादल लाग्ने र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने अनुमान महाशाखाले गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार