logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

डीएसपी बनेर थर्काउने गौतम पक्राउ


  • राजनीति
  • शुक्रबार, असार ६ २०७६

सर्वसाधारणलाइ नेपाल प्रहरीका डीएसपी हुँ भन्दै धाकधम्की दिँदै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रे घर भई हाल जोरपाटी बस्दै आएका वर्ष ३८ को नारायण भन्ने भोला गौतम रहेका छन् ।

गौतमले डीएसपीको युनिफर्म लगाएको फोटो मोबाइलमा राखेर केही व्यक्तिलाई हातपात तथा लछारपछार समेत गरेको खुल्न आएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार गौतकले डीएसपी हुँ भन्दै केहीदिन अघि सार्वजनिक स्थानमा विकास बस्नेत र सुजन प्रसाईंलाई हातपात गरेका थिए ।

उनीहरुको उजुरीको आधारमा गौतमलाई बौद्धस्थित नयाँवस्तीबाट पक्राउ गरेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार