logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

लाेकसेवा आवेदन २ लाख ३५ हजार पुग्याे, साढे ५ करोड राजस्व संकलन


  • राजनीति
  • शनिबार, असार ७ २०७६

लोकसेवा आयोगले स्थानीय तहका लागि आह्वान गरेको विज्ञापनमा २ लाख ३५ हजारभन्दा बढीको आवेदन परेको छ । आयोगका अनुसार शुक्रबार साँझ ५ बजेसम्म २ लाख ३४ हजार ८९२ जनाको आवेदन दर्ता भएको छ
जसअन्र्तगत खुलातर्फ २ लाख ३२ हजार ११३, जनजातितर्फ २५ हजार ५७४, मधेसीतर्फ १४ हजार ९८०, दलिततर्फ १ हजार ८२८, अपांगता भएकातर्फ ९६ र पिछडिएका वर्गतर्फ ७५ जनाको आवेदन दर्ता गराएको लोकसेवा आयोगले जनाएको छ । आवेदनबापत साढे ५ करोड राजस्व संकलन भएको छ । आयोगका अनुसार ५ करोड २० लाख ५६ हजार ७ सय रुपैयाँ राजस्व संकलन भइसकेको छ।
प्राविधिक समस्याका कारण आवेदन दिन नपाएको गुनासोपछि आयोगले समयावधि आगामी १० असारसम्मका लागि थप गरेको छ । आवेदकले भने अझै समस्या रहेको बताउँदै आएका छन् । आवेदकहरूले अनलाइन आवेदनमा अझै समस्या उत्पन्न भएको गुनासो गरिरहेका छन् । आयोगले आवेदन दिन चाहनेको संख्या अत्यधिक रहेको बताएको छ । राजधानीमा छ ।प्राविधिक समस्या समाधानको प्रयास जारी रहेको र सर्भर परिवर्तन गरिएको आयोगको भनाइ छ । आयोगले गत १५ जेठमा ५१५ स्थानीय तहमा ९ हजार १६१ जनाका लागि भर्ना आह्वान गरेको थियााेाे ।
संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले आयोगले विज्ञापनका क्रममा समावेशी सिद्धान्त पालना नगरी विज्ञापन आह्वान गरेको भन्दै विज्ञापन रद्द गर्न निर्देशन दिएको थियााेाे तर, आयोगले आवेदन रोकेको छैन। यससम्बन्धीको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले सर्वोच्चको फैसला नै अन्तिम हुने आयोगको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार